Premier Cables

शेयर बजार

३ हजार विन्दुमाथि अडियो नेप्से, कारोबार साढे १८ अर्ब बढी

Calendar मंगलबार, साउन १३, २०८२  | अपराह्न ३:३८ बजे

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.०३ प्रतिशत अर्थात ३०.७६ अंकले बढेर ३ हजार २.०७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले बढेर ५१८.५९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बिज्ञापन

आजको बजारबारे बजार जानकार गोविन्द प्रसाद घिमिरे भन्छन्,‘ पछिल्लो समय लगानीकर्ताको मनोबल बढ्दा त्यसको सकारात्मक प्रभाव बजारमा परेको छ । अहिले बजारले ३२ सयको विन्दु पार गर्नका लागि शक्ति सञ्चय गर्दै अघि बढिरहेको देखिन्छ । सिजिनल रुपमा पनि यो समय भनेको बजार बढ्ने समय हो ।’

अहिले बकजार बढ्नुको मुख्य विषय लचक मौद्रिक नीति भएको उनले बताए । यस्तै न्यून ब्याजदर र कम्पनीहरुको चौथो त्रैमासको प्रतिवेदन सार्वजनिक हुँदै गर्दा समेत बजारमा चार्म देखिएको उनको ठहर छ ।

धितोपत्र लगानीकर्ता संघका कार्यसमिति सदस्य प्रेम ओली भन्छन्, बजारमा दीगो र प्राकृतिक वृद्धि देखिएको छ । यसले नयाँ लगानीकर्तालाई बजार प्रवेश गर्ने मौका समेत दिएको छ । कारोबारले पनि बजारलाई राम्रै साथ दिईरहेको छ । अब आउने बैंक तथा वित्तीय संस्थाको रिपोर्टले बजारमा थप उत्साह प्रदान गर्ने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक अर्थात २.६९ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह १.१४ प्रतिशत, होटल ०.०४, हाईड्रो ०.४०, लगानी १.०९, जीवन बीमा ०.९८, उत्पादन तथा प्रशोधन ०.८८, लघुवित्त १.५७, म्युचुअल फण्ड ०.८३, निर्जीवन बीमा १.०८ र व्यापार समूह ०.३५ प्रतिशतले बढ्यो ।

आज विकास बैंक समूह र फाइनान्स समूह मात्रै घटे । यी समूहहरु क्रमशः ०.४९ र ०.१० प्रतिशतले घटे ।


धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ६४ करोड ४१ लाख बढीको सेयर कारोबार भयो । ग्रीन भेन्चर लिमिटेडको पनि आज ६३ करोड ८२ लाख, नेपाल पुनर्बीमा कम्पनीको ५६ करोड ९२ लाख, हिमालयन रि इन्स्योरेन्सको ५२ करोड ७७ लाख र राधी विद्युत कम्पनीको ४९ करोड ७७ लाख बढीको सेयर कारोबार भयो ।


धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज मुक्तिनाथ विकास बैंक, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

नेपाल वेयरहाउजिङको सेयरमूल्य पनि आज ८.०६ प्रतिशत, माईखोला हाईड्रोपावरको ७.२१, ग्रीन भेन्चर्सको ७.०४,सुपर मादी हाईड्रोको ६.३३ र शुभम् पावरको सेयरमूल्य ५.३५ प्रतिशतले बढ्यो ।

समता घरेलु लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.६० प्रतिशतले घट्यो । विन्ध्यवासिनी हाईड्रोपावरको सेयरमूल्य पनि आज २.९३ प्रतिशत र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य २.७३ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka