Premier Cables
Premier Steel

अर्थ

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरण : ३ अर्ब २० करोडको बिगोसहित मुद्दा दर्ता हुँदै

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १३, २०८२  | अपराह्न १:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा भएको करिब ३ अर्ब २० करोड रुपैयाँ बराबरको बैंकिङ अनियमितताको मुद्दा आज जिल्ला सरकारी वकिलको कार्यालय बाँकेमा दर्ता हुने भएको छ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को प्रतिवेदनको अन्तिम अध्ययन चरणमा पुगेको र आजभित्र मुद्दा दर्ता हुने सहायक जिल्ला न्यायाधिवक्ता गोविन्दबहादुर शाहीले जानकारी दिएका छन्।

बिज्ञापन

नेपाल राष्ट्र बैंकले यस बैंकलाई ‘समस्याग्रस्त’ घोषणा गरेपछि सीआईबीले अनुसन्धान थालेको थियो। अनुसन्धानले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपति दयाल मिश्र र लेखा प्रमुख वेदप्रकाश सिंह ठकुरीसहित १११ जनालाई प्रतिवादी बनाएको छ। तीमध्ये ४ जना पक्राउ परिसकेका, ३ जनाको मृत्यु भएको र १०४ जना अझै फरार छन्।

अनुसन्धानमा बैंकको उच्च व्यवस्थापन, सञ्चालकहरू र कर्मचारीहरू योजनाबद्ध रूपमा संलग्न रहेको देखिएको छ। नक्कली धितोमा कर्जा प्रवाह, बढी मूल्यांकन, व्यक्तिगत प्रयोगका लागि कर्जा दुरुपयोग, नक्कली परियोजनामा लगानी लगायतका गतिविधि पत्ता लागेका छन्।

नेपाल राष्ट्र बैंकका तत्कालीन कार्यकारी निर्देशक भुवन बस्नेतको खातामा बैंकबाट १० लाख रुपैयाँ जम्मा भएको देखिएपछि उनीमाथि पनि अनुसन्धान भएको हो।

राष्ट्र बैंकको आन्तरिक रिपोर्टले बैंकको खराब ऋण अनुपात ४०.८५ प्रतिशतभन्दा माथि पुगेको, पुँजीकोष कमजोर भएको र तरलता अभावका कारण दैनिक सञ्चालनमै समस्या देखिएको उल्लेख छ। कोर बैंकिङ प्रणालीमा देखिएको मौज्दात वास्तविकभन्दा फरक देखिएको छ।

बैंकले मुनाफा स्थिति वास्तविकभन्दा राम्रो देखाएर अनावश्यक लाभांश वितरण गरेको, स्रोतको दुरुपयोग भएको र वित्तीय अवस्था अत्यन्त कमजोर बनाएको निष्कर्ष निकालिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka