Premier Cables
Premier Steel

अर्थ

रुष्ट समकक्षी फकाउन भारत पुगे नेपाली प्लाइउड उद्योगी !

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, असार ३१, २०८२  | अपराह्न १:४१ बजे

विराटनगर । भारतीय बजारमा नेपाली प्लाइउडको निर्यातबारे उठेका आपत्ति र भ्रम हटाउन नेपालका दुई उद्योगी भारतको हरियाणा पुगेका छन्।

झापास्थित अम्बे भवानी प्लाइउड उद्योगका महेश चित्लाङ्गिया र भगवती लेमिनेट्सका विष्णु माधोगाडिया हरियाणाको यमुनानगरमा त्यहाँका प्लाइउड उत्पादक उद्योगीसँग वार्तामा सहभागी भएका हुन्।

बिज्ञापन

भारतमा ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) स्वीकृति नपाएका नेपाली उद्योगहरूको उत्पादन भारत निर्यात भएको भन्दै विभिन्न भारतीय संघसंस्थाले आपत्ति जनाएका थिए। विरोध चर्किएपछि भारतको बीआईएस कार्यालयले कारबाहीको तयारी गरेको थियो। त्यही अवस्था मत्थर पार्न नेपाली उद्योगीहरू भारत पुगेका हुन्।

बीआईएस प्रमाणपत्र पाएका आठ नेपाली उद्योगमध्ये केहीले अन्य उद्योगको उत्पादन आफ्नै ब्रान्डमा भारत पठाएको भारतीय संचारमाध्यमले सार्वजनिक गरेका थिए। विवाद बढेपछि नेपाली प्रतिनिधिहरूले यमुनानगरमा भारतीय प्लाइउड उत्पादक संघका प्रमुख अधिकारीहरूसँग विस्तृत छलफल गरेका थिए।

उद्योगी माधोगाडियाका अनुसार एउटै कन्टेनरमा विभिन्न मोटाइ (थिकनेस) का प्लाइउड लोड गरिएकाले त्यसलाई भारतीय पक्षले गलत बुझाइमा पाँच कन्टेनर ठानेर विरोध जनाएका रहेछन्। उनले स्पष्ट पारे, “हामीले त्यहाँ सबै कुरा बुझाएका छौं, अब अवस्था सामान्य छ।”

अन्य उद्योगीहरूले द्यक्ष्क् नभएका उद्योगहरूले प्रमाणपत्र प्राप्त उद्योगको माध्यमबाट उत्पादन निकासी गर्ने गरेको स्वीकार गरेका छन्। एउटा कन्टेनरको लागि करिब १ लाख रुपैयाँ कमिसन र इन्सेन्टिभ तथा भ्याट फिर्ता रकम द्यक्ष्क् पाएका उद्योगले राख्ने प्रचलन रहेको उद्योगीहरूको भनाइ छ। “थोरै फाइदा भए पनि उद्योग चलिरहेकामा सन्तुष्टि छ,” बीआईएस नभएका एक उद्योगका सञ्चालकले भने।

नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेका अनुसार, वार्तामा भारतका उद्योगीहरू अब नकारात्मक प्रचार नगर्ने र भविष्यमा द्विपक्षीय औपचारिक छलफल अघि बढाउने सहमतिमा पुगेका छन्। नेपाली प्लाइउडले भारतको कुल खपतको करिब ०.५ प्रतिशत हिस्सा ओगटेको छ।

भारतले प्लाइउडमा बीआइएस कार्यान्वयन नगर्दा ३० भन्दा बढी उद्योगले प्लाइउड निकासी गर्दै आएका थिए। सबै उद्योगले प्लाइउड भारत पठाउँदा निकासी ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको भएको थियो। चालु आर्थिक वर्षमा फागुनदेखि बीआइएस कार्यान्वयनमा आएको र ८ वटा उद्योगले मात्रै निकासी गर्दा पनि जेठसम्म ६ अर्ब ६१ करोड रुपैयाँको प्लाइउड भारत निकासी भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka