Premier Cables
Premier Steel

अर्थ

मकवानपुरमा अम्बानी र सिजी ग्रुपले खोल्दै छन् ‘क्याम्पा कोला’ फ्याक्ट्री

लगानी रु. ७५ करोड

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ३०, २०८२  | साँझ ५:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ मुकेश अम्बानीको नेतृत्वमा रहेको रिलायन्स इन्डस्ट्रीजको एफएमसीजी र नेपालको चौधरी ग्रुप(सिजी) को संयुक्त लगानीमा मकवानपुरमा क्याम्पा कोला उधोग खुल्ने भएको छ ।

यस विषयमा दुबै कम्पनीबीच समझदारी भएको बताइएको छ । प्लान्टको लगानी रु.७५ करोड हुने अनुमान गरिएको छ । तर, यसको सबै प्राविधिक पक्ष भने खुलाइएको छैन । क्याम्पा कोला रिलायन्सको स्वामित्वमा रहेको सफ्ट ड्रिंक ब्रान्ड हो । यसअघि बिहारमा नयाँ बोटलिङ्ग प्लान्ट खोल्ने तय भएको थियो ।

बिज्ञापन

यो ब्रान्डले बिहारको बेगुसराई जिल्लामा ३५ एकड जग्गामा नयाँ प्लान्ट स्थापना गर्नेछ, जसमा करिब १,००० करोड रुपैयाँको लगानी गर्दैछ । यस विकासको पुष्टि गर्दै राज्य सरकारको निकाय बिहार औद्योगिक क्षेत्र विकास प्राधिकरणले सामाजिक सञ्जाल ‘X’ मा पोस्ट गर्दै यसबारे जानकारी दिएको थियो ।‌
सन् १९८० को दशकमा क्याम्पा खोला भारतीय बजारमा लोकप्रिय रहेको थियो । पछि यसको स्वामित्व ग्रहण गरी अम्बानी समूहले लिएको हो ।

यसको उत्पादन गरी एग्रेसिभ मार्केटिङ गर्ने तयारी त्यो समूहको छ । यो ड्रिंक्स पेप्सी भन्दा सस्तो मूल्यमा उपलब्ध हुने छ ।

के भने लगानीकर्ताले ?

‘चौधरी ग्रुप जस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा ब्रान्ड ल्याउन पाउदा हामी अत्यन्त उत्साहित छौं,’ आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले भने, ‘क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो जसले धेरै पुस्तालाई जोड्ने भावनात्मक सन्देश दिन्छ। हामी नेपालमा दीर्घकालीन लगानीको सोच सहित आएका छौं।’

क्याम्पा कोला गल्फ कोअपरेशन काउन्सिल ( जिसिसी) मुलुकहरूमा पहिल्यै स्थापित भइसकेको ब्रान्ड हो। अब नेपालमा पनि चौधरी ग्रुपले यसको स्थानीय उत्पादन र वितरण गर्नेछ । यो ब्रान्डले नेपाली युवाको ‘अडिग आत्मबल र लक्ष्यप्रतिको प्रतिबद्धता’ को प्रतिनिधित्व गर्ने विश्वास दुवै कम्पनीहरुले लिएका छन् ।

कम्पनीका अनुसार क्याम्पा पोर्टफोलियो अन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक प्रारम्भिक रूपमा उपलब्ध हुनेछन् । २५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक (सीएसडी) बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज) को उपभोक्ता मूल्य ३० रुपैयाँ रहेको छ भने क्याम्पा २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य ४० रुपैयाँ रहेको छ । रिफ्रेशिङ स्वाद, जोशिलो प्रस्तुति र आकर्षक प्याकेजिङका साथ क्याम्पा कोला नेपाली बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको चौधरी ग्रुपले जनाएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा क्याम्पा कोला ल्याउन रिलायन्ससँग सहकार्य गर्नु चौधरी ग्रुप र समग्र देशकालागि गौरवको विषय रहेको बताए । ‘यो साझेदारीले नेपाली उपभोक्तालाई गुणस्तरीय र ऐतिहासिक पेय पदार्थको स्वादमा रम्ने अवसर दिनेछ। हामी हाम्रो वितरण प्रणाली र बजार अनुभवको प्रयोग गरेर क्याम्पा कोलालाई नेपाली बजारमा लोकप्रिय बनाउनेछौं,’ चौधरीले भने ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka