Premier Cables
Premier Steel

अर्थ

एक महिनामा नेपालमा डेढ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २४, २०८२  | अपराह्न १:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपालमा एक महिनामा डेढ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा मात्रै रेमिट्यान्स आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही महिनामा यो आँकडा १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ थियो।

बिज्ञापन

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, चालु आर्थिक वर्षको ११ महिनामा कूल रेमिट्यान्स १५.५ प्रतिशतले बढ्दै १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा रेमिट्यान्स १७.२ प्रतिशतले वृद्धि भएको थियो।

यस्तै, अमेरिकी डलरमा हेर्दा, जेठ महिनासम्म विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड डलर पुगेको छ। गत वर्ष सोही अवधिमा यो दर १५.२ प्रतिशतको वृद्धि रहेको थियो।

नेपालमा रेमिट्यान्स आय आर्थिक स्थायित्वका लागि महत्वपूर्ण स्रोतको रूपमा रहेको छ, जसले व्यापार घाटा कम गर्न र विदेशी मुद्रा सञ्चितिमा टेवा पुर्‍याउने गर्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka