Premier Cables
Premier Steel

अर्थ शेयर बजार

हिमालयन बैंकलाई एफपीओ अनुमति, प्रतिकित्ता १५७ रुपैयाँ

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २३, २०८२  | साँझ ७:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ (फोलो–अन पब्लिक अफर) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो।

एफपीओ निष्कासनबाट बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको पुँजी संकलन गर्नेछ। यस एफपीओमा सिटिजन्स क्यापिटल लिमिटेड ले बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ।

बिज्ञापन

बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीबीचको सेयर अनुपात ७०:३० कायम गर्न एफपीओ ल्याउन लागेको हो। यस कदमबाट सेयर स्वामित्व सन्तुलनमा ल्याउँदै थप लगानीकर्तालाई बैंकमा समावेश गराउने लक्ष्य राखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka