Premier Cables

समाचार

अमेरिकाबाट हालसम्म कति नेपाली निकालिए ? हेर्नुहाेस् जिल्लागत विवरण

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०३, २०८२  | बिहान १०:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकाबाट हालसम्म डिपोर्ट (निष्कासित) गरिएका नेपालीमध्ये सबैभन्दा बढी दाङ, पूर्वी रुकुम र पश्चिम रुकुमका रहेको तथ्य सार्वजनिक भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि नेपाल फर्काइएका २८ जिल्लाका १६३ नेपालीमध्ये ठूलो हिस्सा पश्चिम नेपालका छन्।


कुन जिल्लाबाट कति भए डिपोर्ट ?

अध्यागमन विभाग र प्रहरीको विवरणअनुसार दाङका ५१ जना, पश्चिम रुकुमका ३० जना र पूर्वी रुकुमका १३ जना अमेरिका डिपोर्ट भएर फर्किएका छन्। त्यस्तै सल्यानका ९, म्याग्दीका ७, पर्वत, बाँके र रोल्पाका ६/६ जना, बागलुङका ५, सिन्धुपाल्चोकका ४ जना र काठमाडौं, जाजरकोट, दोलखा ३/३ जना रहेका छन्। कास्की, कैलालीमा २/२ र कञ्चनपुर, गोरखा, जुम्ला, झापा, डोटी, डोल्पा, धनकुटा, पर्सा, मकवानपुर, मुस्ताङ, मोरङ, सिन्धुली, सुनसरीमा १/१ जना रहेका छन्।

विज्ञापन

डिपोर्ट गरिएका अधिकांश नेपालीहरू मानव तस्कर गिरोहमार्फत ‘तल्लो रुट’ अर्थात् अवैध मार्गबाट अमेरिका पुगेका थिए। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार यिनीहरूलाई संगठित गिरोहले ठूलो रकम लिई अमेरिका पुर्‍याएको पाइएको छ।

डोनाल्ड ट्रम्पले सन् २०२५ जनवरी २० मा दोस्रो कार्यकाल सुरु गरेलगत्तै गैरकानुनी आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लागू गरेका थिए। त्यसयता हालसम्म १४६ पुरुष र १७ महिला गरी १६३ नेपालीलाई अमेरिका सरकारले डिपोर्ट गरिसकेको छ। चार्टर्ड विमानमार्फत दुईपटकमा ४५ जनालाई र बाँकीलाई नियमित उडानबाट डिपोर्ट गरी त्रिभुवन विमानस्थलमा जिम्मा लगाइएको थियो।

२०८१ फागुन २१ मा सात पुरुष र एक महिला तथा २०८२ जेठ २४ मा ३२ पुरुष र पाँच महिला चार्टर्ड विमानमार्फत नेपाल फर्काइएका थिए। ओम्नी एयर इन्टरनेसनलको चार्टर्ड विमानबाट ४६ जना ल्याउने भनिए पनि त्यसमा ३७ जना मात्र आएका थिए।
बाँकी सूचीमा रहेका अन्य डिपोर्टीहरू क्रमशः फिर्ता ल्याइने तयारीमा छन्। सामान्य अवस्थामा नियमित उडानबाट फिर्ता गरिने भए पनि गम्भीर आपराधिक पृष्ठभूमि भएकाहरूलाई चार्टर्ड विमानमार्फत डिपोर्ट गरिने गरेको प्रहरी स्रोतले जनाएको छ।

डिपोर्ट भएर फर्किएका नेपालीहरूसँग प्रहरीले अध्यागमन कार्यालयमा छुट्टै सोधपुछ गर्दै आएको छ। सोधपुछमा अधिकांशले अमेरिका जान ठूलो रकम बुझाएको स्वीकार गरेका छन् तर आफूलाई पठाउने गिरोहबारे मौन बस्ने गरेका छन्।
एक प्रहरी अधिकृतले भने, “डिपोर्ट हुनेहरू कुन जिल्ला, उमेर समूह र आर्थिक पृष्ठभूमिका हुन् भन्ने तस्बिर प्रस्ट बन्दैछ, तर तस्करहरूको नेटवर्कबारे अझै अपारदर्शिता छ।”

उनका अनुसार, पछिल्लो समयमा गिरोहमार्फत ठगीमा परेर अमेरिका पुगेका र त्यहाँ डिपोर्टमा परेर फर्किन बाध्य हुने नेपालीहरूको संख्या बढ्दो छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka