Premier Cables
Premier Steel

अर्थ

झापाका व्यवसायीको नयाँ अभ्यास : उद्योग वाणिज्य संघमै जन्माेत्सव

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०२, २०८२  | साँझ ६:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । झापाका व्यवसायीले आफ्नो जन्म दिन बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा उत्साहपूर्वक मनाउने प्रचलन बढ्दै गएको छ। व्यवसायीको जन्म दिनलाई अवसरका रूपमा लिएर संघले विशेष सम्मान कार्यक्रमको आयोजना गर्ने गरेपछि यो अभ्यास लोकप्रिय बन्दै गएको हो।

संघले जन्म दिनको अवसरमा व्यवसायीलाई सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै कदरपत्र प्रदान गर्ने गर्छ। कार्यालयको बैठक कक्षमा अन्य व्यवसायीको उपस्थितिमा सामूहिक केक काट्ने कार्यक्रमसमेत गरिन्छ। यस्तो वातावरणले व्यवसायीहरूलाई आफ्नो जन्म दिन संघमै मनाउने प्रेरणा दिएको छ।

बिज्ञापन

बिर्तामोड उद्योग वाणिज्य संघले गत वर्षदेखि यो कार्यक्रम सुरु गरेको हो। हालसम्म ५० जना भन्दा बढी व्यवसायी, सामाजिक व्यक्तित्व तथा नागरिक समाजका अगुवाहरूले संघमा जन्म दिन मनाइसकेका छन्।

आइतबार मिरा एण्ड सन्स प्रा.लि.का सञ्चालक घनेन्द्रकुमार पाण्डे (जीपी)ले संघमै जन्म दिन मनाए। उनले गत वर्ष पनि यही स्थानमा जन्म दिन मनाएका थिए। यसपालिको अवसरमा उनले संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा २१ हजार १ सय ११ रुपैयाँ सहयोग गरे।

संघले एक करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको छ, जसमा व्यवसायीहरू जन्म दिनमा स्वेच्छिक सहयोग गर्दै आएका छन्। यो कोष दैवी विपत्तिमा परेका व्यवसायीलाई राहत दिनका लागि निर्माण गरिएको हो।

पाण्डेको जन्म दिन कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोडका नगर सभापति भोजराज सिटौला पनि सहभागी थिए। उनले यस्तो कार्यक्रम व्यवसायीबीच एकता र सहयोगको भावना बढाउने सकारात्मक अभ्यास भएको प्रतिक्रिया दिए।

संघमा जन्म दिन मनाउने व्यवसायीलाई संघका अध्यक्ष राजु न्यौपाने, वरिष्ठ उपाध्यक्ष एवं कोष संयोजक राजकुमार घिमिरे ‘राजु’ र महासचिव कुशल खतिवडाले संयुक्त रूपमा हस्ताक्षर गरिएको कदरपत्र प्रदान गर्दै शुभकामना दिने चलन छ।

संघमा जन्म दिन मनाउनेहरूले हालसम्म ११ हजार १ सय ११ रुपैयाँदेखि १ लाख ११ हजार १ सय ११ रुपैयाँसम्म कोषमा जम्मा गरेका छन्। संघका कोषाध्यक्ष युवराज निरौलाका अनुसार हालसम्म कोषमा २० लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको छ।

निर्माण व्यवसायी संघ झापाका अध्यक्ष केदार गिरी, नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईसहित औषधि, सुनचाँदी र ढुवानी व्यवसायीहरूले पनि संघको कार्यालयमै जन्म दिन मनाएका छन्। यस्तो अभ्यासले व्यवसायी समुदायमा सामाजिक उत्तरदायित्व र सहकार्यको सन्देश दिएको संघले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka