Premier Cables
Premier Steel

अर्थ

विराटनगरको तुलसी सहकारीका अध्यक्ष शर्मालाई ६ वर्ष कैद फैसला, रु. ६७ करोड बिगो र जरिवाना तोकियो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २२, २०८२  | साँझ ७:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाको रकम हिनामिना आरोप ठहर भएरपछि तीन जनालाई अदालतले सजाय तोकेको छ । रकम अपचलनमा दोषी ठहर भएका सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित तीन जनालाई जिल्ला अदालत मोरङले सजाय तोेकेको हो ।

जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले सहकारी अध्यक्ष शर्मालाई ६ वर्ष कैद सजाय तोकेको छ । उनीबाट रु. ६७ करोड ५९ लाख २१ हजार २६८ रूपैयाँ बिगो असुल गर्न तथा बिगो बराबरकै रकम जरिवाना पनि तोकिएको छ ।

बिज्ञापन

पीडित राहत कोषमा रु. २ करोड ७० लाख ३६ हजार ८५० रूपैयाँ जम्मा गर्न पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालतका स्रेस्तेदार मणि पोखरेलले

सहकारीका क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई दुई वर्ष २ महिना कैद र २७ लाख रूपैयाँ बिगो र त्यत्ति नै जरिवाना तोकेको जानकारी दिए । उनलाई पनि पीडित राहत कोषमा रु. १ लाख ८ हजार जम्मा गर्न अदालतले आदेश दिएको छ ।

त्यसैगरी, सहकारीकी सचिव सविना न्यौपानेलाई दुई वर्ष कैद र राहत कोषमा ६ सय रूपैयाँ जम्मा गर्न आदेश भएको छ ।

२०५२ सालमा दर्ता भएको तुलसी बहुमुखी सहकारी संस्थाको स्वामित्व २०७२ सालमा दाङका बासिन्दा केदारनाथ शर्माले खरिद गरेका थिए।

विराटनगरमा प्रधान कार्यालय राखेर सहकारी चलाइरहेका उनीसहितका पदाधिकारी र कर्मचारीहरूले बचतकर्ताको ठूलो रकम हिनामिना गरेका थिए। मोरङ जिल्ला अदालतले शर्मासहित सचिव सबिना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई दोषी ठहर गरेको थियो।

न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले गत आइतबार उनीहरूलाई सहकारी ठगी मुद्दामा दोषी ठहर गरेको हो। ठगी मुद्दामा दोषी ठहर भए पनि उनीहरूलाई सजाय निर्धारण भने भएको थिएन। बिहीबार सजाय निर्धारण भएको हो।

तुलसी बहुमुखी सहकारी ठगी प्रकरणमा आठ जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको थियो। तीमध्ये ६ जना अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएकामध्ये सहकारीका उपाध्यक्ष अनीता गौतम, सञ्चालकहरू आदित्यनाथ भट्टराई र निर्मला पोखरेललाई भने अदालतले सफाइ दिएको छ। यो प्रकरणमा संलग्न भनिएका दुई जना अझै फरार छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka