Premier Cables

अर्थ

बिर्तामोड उद्योग वाणिज्य संघको सरसफाई अभियान शुरु

Calendar बुधबार, जेठ २१, २०८२  | अपराह्न ३:३३ बजे

झापा। बिर्तामोड उद्योग वाणिज्य संघले सरसफाई अभियान शुरु गरेको छ । अभियान अन्तरगत बिर्तामोडस्थित मुक्तिचोक पूर्ब–पश्चिम र दक्षिण तर्फको सडकको बीचमा रहेको डिभाइडर सरसफाई गरिएको हो ।

संविधान सभा सदस्य तथा संघका पूर्व अध्यक्ष सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु न्यौपानेले नगरलाई सफा र सुन्दर राख्न सरसफाई गरिएको बताए । उनले नगर सफा राख्ने दायित्व आम नागरिकको समेत भएको हुँदा जथाभावी फोहोर नगर्न र रोपिएका विरुवाको संरक्षण गर्न समेत आग्रह गरे ।

बिज्ञापन

बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी सहित व्यवसायी र सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा डिभाइडमा रहेको झारपात हटाइएको थियो । सुन्दर बिर्तामोड बनाउनका निमित्त डिभाइडर सरसफाई गर्नुका साथै त्यहाँ रहेका अशोकका रुखका हाँगाहरु कटिङ गरेर मिलाइएको संघका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

कार्यक्रम संयोजक विपीन वजगाईले स्वागत गरेको कार्यक्रममा बिर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङवा, ५ का वडाध्यक्ष रोहित प्रसाई, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मेघराज बास्तोला , इलाम झापा मैत्री समाजकी अध्यक्ष तिलोत्तमा खत्री, उपाध्यक्ष नरेश कर्माचार्य, शसस्त्र प्रहरी, नेपाल प्रहरीलगायत व्यवसायीहरू सहभागी थिए । उद्घाटन कार्यक्रम संघकी उपाध्यक्ष गोमा भट्टराईले सञ्चालन गरेकी थिइन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer

हराएको र भेटिएको सूचना

Lost and Found Notice

बाइक हराएको सूचना

बाइक हराएको सूचना

✔ Resolved
बालिका हराएको सूचना

बालिका हराएको सूचना

राहदानी हराएको सूचना

राहदानी हराएको सूचना

स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो