Premier Cables

शेयर बजार

लगतार बढ्यो शेयर बजार

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १७, २०८३  | साँझ ४:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । बुधबारको कारोबारमा पनि सेयरबजार वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.६१ प्रतिशत अर्थात १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले बढेर ४४९.१८ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३५४ वटा स्क्रिप्टको ७२ लाख ६८ हजार २०२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ९४ करोड २७ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने २ अर्ब ९० करोड बढीको सेयर कारोबार भएको थियो ।

विज्ञापन

आजको बजारबारे बजार जानकार सरोज भट्टराई भन्छन्, ‘सेयरबजारलाई अस्तिको बाढीले प्रभाव पारेको थियो । तर समग्रमा हेर्दा पछिल्लो समयको बजारलाई एउटा फ्याक्टरले प्रभाव पारिरहेको छ । बजार साइडवेजमा रहेर ‘बटम जोन’मा पुगिसकेको थियो । मार्केटमा यतिबेला ट्रेडरहरु मात्रै सक्रिय छन् । ‘स्विङ ट्रेडर’ ले नेप्से तल्लो विन्दुमा आउँदा सेयर किनेको देखिन्छ, जसकारण हिजो र आज सेयरबजारमा हरियो देखिएको छ ।’

उनले थपे, ‘अब यहि अवस्था हेरेरै बजार अब के हुन्छ भन्न सकिँदैन । लाभांशको सिजन पनि भएकाले पूँजीकरणको हिस्सा ठूलो भएका कम्पनीले राम्रै लाभांश दिंदा नेप्से सूचकमा समेत प्रभाव पारेको देखिएको छ । जस्तै आज ग्लोबल आइएमईले लाभांश घोषणा गर्दा समग्र बजार थोरै पोजेटिभ देखिएको छ । यसबाहेक बजार घटेर बटम जोनमा पुगेकाले ट्रेडरहरुले सेयर उठाएको पनि बुझ्न सकिन्छ ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka