Premier Cables
Premier Steel

अन्तराष्ट्रिय खेलकुद मनोरञ्जन राष्ट्रिय समाचार

कलकत्तामा चम्कियो च्याम्पियन्स कराँते एकेडेमी : ६ स्वर्णसहित १४ पदक जित्दै नेपालको गौरव बढायो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १९, २०८३  | अपराह्न ३:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटानगर | भारतको कलकत्तास्थित नेताजी स्टेडियममा साउन १५ देखि १७ गतेसम्म आयोजित १०औँ अन्तर्राष्ट्रिय कराँते च्याम्पियन्सिप च्यालेन्जर कप–२०२६ मा विराटनगरस्थित च्याम्पियन्स कराँते एकेडेमी का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई गौरवान्वित बनाएका छन्।

अल इन्डिया सेइशिनकाइ शितो–र्यु कराँते–डो फेडेरेसनको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपालसहित ९ देशका करिब ७ हजार खेलाडीहरूको सहभागिता रहेको थियो। उक्त प्रतियोगितामा च्याम्पियन्स कराँते एकेडेमीका १० जना खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्दै काता र कुमिते दुवै विधामा उत्कृष्ट प्रदर्शन गरेका हुन्।

एकेडेमीका खेलाडीहरूले प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल १४ पदक जित्न सफल भएका छन्। प्रतियोगितामा ५ वर्षदेखि १४ वर्ष उमेर समूहका खेलाडीहरूले सहभागिता जनाएका थिए।

खेलाडीहरूको उत्कृष्ट प्रदर्शनप्रति खुसी व्यक्त गर्दै एकेडेमीका प्रशिक्षक सुरज कामत ले आगामी दिनमा अझ प्रभावकारी प्रशिक्षण प्रदान गर्दै खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थप प्रतिस्पर्धी र सफल बनाउने लक्ष्य रहेको बताए।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa