Premier Cables
Premier Steel

समाचार

सामान्य अंकले घट्यो शेयर बजार

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०४, २०८३  | साँझ ४:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१८ प्रतिशत अर्थात ५.०६ अंकले घटेर २ हजार ७००.४७ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले घटेर ४६३.६६ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टको ७७ लाख ४३ हजार ३० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ४१ करोड ४८ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ६३ करोड ७५ लाख बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे भिजन सेक्युरिटिजका अध्यक्ष राजकुमार तिमिल्सिनाले अहिले लगानीकर्ताहरु पर्ख र हेरकै अवस्थामा रहेका कारण बजार चलायमान हुन नसकेको बताए ।

बिज्ञापन

‘यतिबेला सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानमा केही ठूला लगानीकर्तालाई अनुसन्धान गरिरहेको छ, जसकारण अन्य लगानीकर्ता समेत त्रसित छन् र लगानीकर्ताले बजारमा सेयर खरिदबिक्री नगरेका कारण भोल्युम बढ्न सकिरहेको छैन’ उनले भने, ‘अब तत्कालै बजार बढीहाल्ने अवस्था देखिदैन । बजारलाई सकारात्मक प्रभाव पार्ने खालको समाचारहरु पनि आएका छैनन् ।

लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा नै छन् । नयाँ आव सुरु भएपछि सरकारले बजेटमार्फत सम्बोधन गरेको एनआरएनलाई बजारमा भित्र्याउनेलगायतका नीतिहरु कार्यान्वयन भएमा बजार बढ्न सक्ने आशा गर्न सकिन्छ ।’

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa