





१४ वैशाख, काठमाडौं । यसअघिका २५ दिनजस्तै आज पनि बिहानै ११ बजे माइतीघर मण्डलामा भेला भए । सधैंजस्तो विद्यालय शिक्षा ऐनको माग राख्दै उनीहरू बबरमहलको सडक हुँदै नयाा बानेश्वरतर्फ लागे ।
शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, बानेश्वर निषेधित क्षेत्रभन्दा धेरै अगाडि शिक्षक नेताहरूले भाषण गर्ने मञ्च थियो ।
प्रहरी तैनाथ भएको ठाउँसम्म शिक्षकहरू पुग्ने र फर्किने क्रम चलिरहेको थियो ।
\
dsdsdsds
‘त्यही बेला हेलमेट लगाएको केही व्यक्तिले ढुंगा प्रहार गरेको पाइएको छ,’ सहअध्यक्ष पराजुलीले भनिन्, ‘आन्दोलनलाई उत्तेजित बनाउन घुसपैठ गरेर ढुंगा प्रहार गरियो । प्रहरीबाट पानीको फोहरा प्रहार भयो ।’
यो पनि पढ्नुहोस
बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप
शिक्षकको शान्तिपूर्ण आन्दोलन एकाएक अशान्त हुन पुग्यो ।
‘साढे १२ तिरको कुरा हो । एकाएक प्रहरीले लाठी र पानीको फोहरा प्रहार गर्यो । सुनियोजित रुपमा शिक्षकमाथि आक्रमण भयो,’ सअअध्यक्ष पराजुली भनिन् ।
उनका अनुसार ६० जना शिक्षक घाइते भएका छन् । ‘हामीसँग ६० जना घाइते शिक्षकको सूचि छ । म अहिले सिभिल अस्पतचालमा छु । यहाँ घाइते शिक्षकहरूको उपचारको समन्वय गरिरहेको छु,’ उनले भनिन् ।
प्रहरीले भने घाइते शिक्षकको विवरण संकलन गरिरहेको जनाएको छ । प्रहरीका अनुसार यो समाचार तयार पर्दासम्म १५ जना घाइते शिक्षकको विवरण संकलन गरेको जनाएको छ ।
सोही क्रममा केही पत्रकासमेत घाइते भएका छन् । महासंघका महासचिव तुलाबहादुर थापाका अनसार प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी हुन् । उनलाई सिभिल अस्पतालबाट तिलगंगा आँखा अस्पताल लगिएको छ । प्राइम टेलिभिजनले उनी घाइते भएको पुष्टि गरेको छ ।
‘अहिले उनको तिलगंगामा उपचार भइरहेको छ । आँखाको परेलामुनि पट्टी गर्नुपर्ने अवस्था छ,’ प्रशारण निर्देशक राजु भण्डारीले भने । शिक्षक महासंघका महासचिव थापाका अनुसार घाइतेहरूको सिभिल, एभरेस्ट, ट्रमा सेन्टर र तिलगंगामा उपचार भइरहेको छ ।
यो पनि पढ्नुहोस
शिक्षक आन्दोलनमा घाइते पत्रकार कार्कीको आँखामा गम्भीर चोट, प्रहरीले बोकेरै पुर्यायो अस्पताल
शिक्षक महासंघले राज्यले शिक्षक आन्दोलनमा दमन गरेको निष्कर्ष निकालेको छ ।
‘हाम्रो आन्दोलन आज २६ दिनमा छ । समस्या समाधान गरेर पठाउन भन्दा पनि राज्यले दमन गरेर तितरवितर बनाएर कमजोर बनाउन खोजेको हो । हामीलाई खालि हात पठाउन खोजेको अनुभूति भएको छ,’ पराजुलीले भनिन् ।
आजको घटनासँगै शिक्षक महासंघले आन्दोलनमा घुसपैठ भएको निष्कर्ष निकाल्दै थप सशक्त बनाउने चेतावनी दिएको छ ।
भोलि थप शिक्षक कर्मचारी काठमाडौं आउने महासंघको दाबी छ ।