Premier Cables
Premier Steel

अर्थ विराटनगर समाचार

महिला क्रिकेट टोली भारतमा अभ्यासका लागि जाँदै

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar शनिबार, बैशाख १३, २०८२  | अपराह्न १२:४१ बजे

१३ वैशाख, काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप छनोटअघिको अन्तिम तयारीका लागि भारत जाने भएको छ ।

अप्रिल महिनाका लागि तय भएको भुटान टुर नहुने भएपछि नेपाली टोलीले भारतमा गएर अभ्यास भने गर्ने भएको छ । सम्भवत: नेपाली टोली आजै भारत जाँदै छ ।

बिज्ञापन

भारतको दिल्लीमा हुने अभ्यास खेलको तालिका तथा अन्य जानकारी क्यानले आधिकारिक रूपमा आजै सार्वजनिक गर्ने जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानको वार्षिक क्यालेण्डरमा समावेश भए बमोजिम अप्रिलमा नेपाल टुर अफ भुटान उल्लेख थियो जसका लागि क्यानले भुटानको बोर्डसँग कुराकानी समेत गरिरहेको जनाएको थियो । तर भुटानमा हुने शृंखलामा थप अन्य स्तरीय टिम सहभागी नभएकाले टुर नहुने भएको हो ।

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको महिला टोलीले यसअघि घरमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग तथा युगाण्डा गएर चारदेशीय टी-२०आई शृंखला खेलेको थियो ।

एसिया छनोटका लागि नेपालको अन्तिम टोली पनि घोषणा भइसकेको छ ।

नेपाली बजारमा अहिले गुन्द्रुकको भाउ प्रतिकिलो ७ सयदेखि १ हजार २ सय रुपैयाँसम्म पर्छ

  • एक वर्षमा कालीमाटी तरकारी बजारमा गुन्द्रुकको भाउ ११ प्रतिशतसम्म बढेको छ । वैशाखदेखि चैत २०८१ सम्ममा गुन्द्रुकको भाउ यो दरमा बढेको हो ।
  • अहिले कालीमाटीमा गुन्द्रुकको भाउ अधिकतम २ सय ५० देखि ३ सय २६ रुपैयाँमा किनबेच भइरहेको छ । गत वर्ष मध्यतिर गुन्द्रुकको भाउ अधिकतम किलोको २ सयदेखि २ सय ७५ रुपैयाँसम्म थियो ।
  • यस्तै खुद्रा पसलदेखि ठूला पसलसम्म पनि गुन्द्रुकको भाउ फरक–फरक छ । केही नाम चलेका अनलाइन प्लेटफर्महरूमा गुन्द्रुकको भाउ १ सय रुपैयाँदेखि १ हजार २ सय रुपैयाँसम्म तोकिएको छ ।

 

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka