२०८२ बैशाख १९, शुक्रबार
Hamro Biratnagar Calendar बिहिबार, बैशाख ११, २०८२

काबुल– छिमेकी मुलुक इरान र पाकिस्तानबाट बुधबार एक हजार एक सय २७ अफगान परिवारका छ हजार सात सय ७४ मानिस आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको उच्च आयोगले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

बिज्ञापन

विज्ञप्ति अनुसार शरणार्थीहरू पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा क्रसिङ, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ र पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा विन्दु हुँदै घर फर्केका छन् ।

बिज्ञापन

 

 

  • आयोगले स्वदेश फर्कनेहरूका लागि आ-आफ्ना प्रान्तमा अस्थायी आश्रय, पोषण, पानी, चिकित्सा सेवा र यातायात लगायतका सेवाहरू प्रदान गर्दछ ।
  1. गत वर्ष ती मुलुकबाट करिब २० लाख अफगान घर फर्केका छन् । पाकिस्तानी सरकारले सन् २०२५ मा ३० लाख अफगानलाई आफ्नो देशमा निर्वासित गर्ने तयारी गरेको छ भने इरानी अधिकारीहरूले
  2. कागजातविहीन विदेशी नागरिकहरूलाई
  3. उनीहरूको अवैध प्रवास अन्त्य गर्न र आफ्नो घर फर्कन आग्रह गरेका छन् ।

करिब ७० लाख अफगान शरणार्थीहरूमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू हाल विदेशमा बसिरहेका छन् । तीमध्ये अधिकांश अफगानिस्तानको छिमेकी पाकिस्तान र इरानमा बसिरहेका छन् ।

DPS
Vianet
Web Surfer
Aarya Hospital
स्टोरिजमा समाचार
Pigeon Advertising

विराटनगर

Ban Karyalaya