Premier Cables
Premier Steel

खेलकुद विराटनगर

इनरुवामाथि फराकिलो जित निकाल्दै लालीगुराँस मिल्स गोल्डकपको सेमिफाइनलमा

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ १३, २०८३  | बिहान १०:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । घरेलु टोली लालीगुराँस स्पोर्टिङ क्लब रानी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगर जुटमिलको खेल मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा सुनसरीको इनरुवा फुटबल क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्दै लालीगुराँसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बिज्ञापन

लालीगुराँसको शानदार जितमा सञ्जय लिम्बू र पूजन चौधरीले समान दुई-दुई गोल गरे भने असिम राईले एक गोल थपे । इनरुवाका लागि मनी मगरले सान्त्वना गोल फर्काए ।

प्रतिस्पर्धात्मक रूपमा सुरु भएको खेलको २९औँ मिनेटमा पूजन चौधरीले गोल गर्दै लालीगुराँसलाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता लामो समय टिक्न सकेन ।

३७औँ मिनेटमा लालीगुराँसका खेलाडीले डिबक्सभित्र मनी गुरुङलाई लडाएपछि इनरुवाले पेनाल्टीको अवसर पाएको थियो । मनी मगरले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा लालीगुराँसले आक्रामक खेल प्रस्तुत गर्‍यो । ५१औँ मिनेटमा असिम राईले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । त्यसको दुई मिनेटपछि सञ्जय लिम्बूले गोल थपेपछि लालीगुराँस ३–१ ले अघि बढ्यो ।

इनरुवाको रक्षापङ्क्ति कमजोर बनेको मौकामा ५५औँ मिनेटमा पूजन चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–१ पुर्‍याए । त्यसपछि ६०औँ मिनेटमा सञ्जय लिम्बूले अर्को गोल थप्दै लालीगुराँसको सानदार जित सुनिश्चित गरे ।

खेलको ‘प्लेयर अफ द म्याच’ सञ्जय लिम्बू घोषित भए । दुई गोल गरेका उनले नगद २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनलमा विराटनगरको टिडब्लुवाइसी फुटबल क्लब र उदयपुरको ब्रदरहुड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka