२०८२ जेठ १४, बुधबार
Premier Cables

शेयर बजार

झिनो अंकले बढ्याे शेयर बजार

Calendar मंगलबार, जेठ १३, २०८२  | अपराह्न ३:५६ बजे

काठमाडौं । बजेटले पूँजीगत लाभकर बढाउने चर्चापछि अघिल्लो दिन ५ अंक घटेको सेयर बजार मंगलबार झिनो अंकमा बढेको छ ।

बिज्ञापन

आज नेप्से जम्मा ०.८५ अंक बढेको हो । सो वृद्धिपछि २६७५.६२ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५२ करोडको भयो ।

बिज्ञापन

कुल ८५ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.६६ प्रतिशत बढ्यो । बैंकिङ ०.४०, हाइड्रोपावर ०.१४, उत्पादन ०.२९ तथा व्यापार समूह ०.९५ प्रतिशत बढे । फाइनान्स ०.६१, लगानी ०.२६, जीवन बीमा ०.५४, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा ०.५५, होटल तथा पर्यटन ०.०९ तथा अन्य समूह ०.२० प्रतिशत घटे ।

आज पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, भूगोल इनर्जी र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । पियोर इनर्जी आजैदेखि कारोबारमा आएको हो । अन्तिम मूल्य प्रतिकित्ता ३१८ रुपैयाँ २० पैसा कायम भएको छ । त्यस्तै बुटवल पावरको ७.९५, अपरहेवाखोलाको ७.७६, सप्तकोशी विकास बैंकको ७.६ प्रतिशत मूल्य बढ्यो ।

गुराँस लघुवित्तको मूल्य ७.०९, उपकार लघुवित्तको ४.७९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनिभर्सल पावर, राधि विद्युत्, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर तथा बुटवल पावर क्रमशः अगाडि रहे ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो
Advertisement