Premier Cables
Premier Steel

राष्ट्रिय

आफ्नै रेकर्ड तोड्दै कामीरिता ३१ औँ पटक पुगे सगरमाथाको चुचुरो

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १३, २०८२  | बिहान ११:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । विश्व प्रसिद्ध सगरमाथा आरोही कामीरिता शेर्पाले यसअघि आफूले बनाएका आफ्नै पुराना रेकर्ड तोड्दै ३१औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् ।

सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले कामीरिताले आज (मङ्गलबार) बिहान ४ बजे ३१औँ पटक सगरमाथा आरोहणको नयाँ विश्व कीर्तिमान बनाएको बताएका छन् ।

बिज्ञापन

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘एभरेष्ट म्यानले फेरि गर्यो चमत्कार, ३१औँ पटक सगरमाथा आरोहण, इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१औँ पटकको सफल आरोहणका लागि बधाई । सेभेन समिटसँगको यात्रामा ।’

यस्तै, एभरेष्ट टुडेले ट्विटरमा लेखेको छ– ‘प्रख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले आज बिहान ४ बजे ३१ औँ पटक सगरमाथा (८८४८.८६ मिटर) को सफल आरोहण गर्नुभएकोमा बधाई छ ।’

कामीरिताले गत वर्ष ०८१ साल वैशाख ३० गते २९औँ र जेठ ९ गते ३०औँ पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa