Premier Cables
Premier Steel

समाचार

विराटनगरमा तोकिएको स्थानमा मात्र चाउमिन-पुच्का बिक्री गर्न पाइने

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १०, २०८३  | अपराह्न १२:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख ११ गतेदेखि सडकपेटीमा भइरहेको अव्यवस्थित व्यापार हटाउने निर्णय गरेको छ ।

हाल बजारका विभिन्न स्थानमा ठेलामा फलफूल, पुच्का, चाउमीन लगायतका वस्तु जथाभावी बिक्री हुँदै आएको छ । महानगरले अब यस्ता व्यवसायलाई व्यवस्थित गर्न निश्चित स्थान तोकी जोन अनुसार सार्ने तयारी गरेको छ । सडकपेटी अतिक्रमण गरेर खुला रूपमा व्यापार गर्न नपाइने व्यवस्था लागू गरिनेछ ।

बिज्ञापन

महानगरका नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार फुटपाथ खाली गराउने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारिएको छ । उनले भने, “दुई दिनभित्र व्यापारीले आफैं व्यवस्थापन गरे राम्रो, अन्यथा सामान जफत गरिनेछ ।”

यसका साथै, कोशी राजमार्ग आसपास तथा बजार क्षेत्रमा रहेका मोटरसाइकल ग्यारेजले सिर्जना गरेको अव्यवस्था पनि नियन्त्रण गरिने भएको छ । फुटपाथ अतिक्रमण र फोहोर व्यवस्थापनमा समस्या सिर्जना गर्ने ग्यारेजहरूलाई कडाइका साथ नियमन गरिने जनाइएको छ ।

फुटपाथ व्यवस्थापनसँगै ट्राफिक चाप घटाउने र व्यवस्थित पार्किङको दीर्घकालीन समाधान खोज्न महानगरले एक समिति गठन गरेको छ ।

सरसफाइ शाखा प्रमुख पुनमकुमार दाहालको संयोजकत्वमा गठित उक्त समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष न्यौपाने, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, खुद्रा व्यापार संघ विराटनगरका अध्यक्ष सञ्जयकुमार सिंह मण्डल सदस्य तथा नगर प्रहरी प्रमुख राजन पौडेल सदस्य सचिव रहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka