Premier Cables
Premier Steel

अर्थ

अग्नि ग्रुपले नेपालमा ल्यायो १.७ टन भार क्षमताको महिन्द्रा बोलेरो पिक-अप

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar आइतबार, जेठ ११, २०८२  | राती ९:४५ बजे

विराटनगर । नेपालको व्यावसायिक सवारी साधन बजारमा आफ्नो सशक्त उपस्थितिलाई अझ सुदृढ बनाउँदै महिन्द्राको युटिलिटी गाडीहरूको आधिकारिक वितरक, अग्नि न्करपोरेटेड प्राइभेट लिमिटेडले नेपालमै पहिलो श्रेणीमा उत्कृष्ट १‍ दशमलब ७ टन भार क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिक-अप फ्ल्याट 4  (1.7 T) सार्वजनिक गरेको छ ।

काठमाडौं (गैरीधारा), पोखरा, वीरगञ्ज, चितवन र विराटनगरको महिन्द्रा शाे-रुमहरूमा (जेठ ११ गते) आइतबारबाट औपचारिक सार्वजनिकीकरण समारोह (लन्च इभेन्ट) मार्फत एकैसाथ नयाँ पिक-अप सार्वजनिक गरिएको हो । नेपालको व्यावसायिक सवारीको क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धीको रुपमा रहेको उक्त समारोहमा अग्नि ग्रुपका विशेष अतिथिहरु, मिडिया प्रतिनिधि तथा ग्राहकवर्गको उत्साहजनक सहभागिता थियो । विराटनगरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश काेइराला प्रमुख अतिथि थिए ।

बिज्ञापन

महिन्द्रा बोलेरो 1.71 ले उत्कृष्ट ड्यूरेबिलिटी (टिकाउपन) र पर्फमेन्सको लागि नेपाललगायत विश्वबजारमा परिचित रहेको बोलेरो ब्रान्डको विरासतलाई निरन्तरता दिएको छ । नयाँ भेरियन्ट, नेपालमा अझ बलियो र अझ बढी क्षमतायुक्त युटिलिटी गाडीको बढ्‌दो मागलाई ध्यानमा राख्दै निर्माण गरिएको पिक-अप हो । महिन्द्रा बोलेरो पिक-अपले नेपालमा व्यावसायिक तथा युटिलिटि सवारीको क्षेत्रमा एक नयाँस्तर निर्धारण गरेको छ भने हरेक व्यवसायीहरूलाई हरेक किसिमको रोडमा साथ दिने प्रतिबद्धता गरेको छ ।

६३ बिएचपिको पावर र १९५ न्युटन मिटरको टर्क दिने २.५ लिटको ‘एमटु डिआइ-सिआर’ डिजेल इन्जिन रहेको नयाँ महिन्द्रा बोलेरो पिक-अप  उत्कृष्ट पर्फमेन्स र युटिलिटिका लागि विधि र विशेषताहरूले भरिपूर्ण रहेको छ । यसमा ९ फिट लामो कार्गोबेड, बलियो डबल बेयरिङ एक्जिल र नाैवटा पाता भएको स्प्रिङ सस्पेन्सले गर्दा यसले भारी लोडमा पनि अटल पर्फमेन्स सुनिश्चित गर्दछ । साथै श्रेणीमा उत्कृष्ट माइलेजले गर्दा उत्कृष्ट पर्फमेन्ससँगै मो इन्धन-कुशलता (फ्युल-इफिसियन्सि) पनि सुनिश्चित गर्दछ । यसका साथै इन्टेरियरमा आराम र सहजताको लागि फराकिलो को-ड्राइभर सिट, ड्राइभरको लागि रिक्लाइनर सिट र हेडरेस्ट, आदि विशेषताहरू समावेश रहेका छन् ।

महिन्द्रा बोलेरो पिक-अप नेपाली ग्राहकहरूका लागि रु. २५,६५,००० (३५ लाख ६५ हजार) को विशेष लन्च मूल्यमा उपलब्ध रहेको छ । अग्नि ग्रुपले ग्राहकहरूको लागि नयाँ पिक-अप खरिद गर्न अझ सजिलो बनाउँदै अग्नि ग्रुप अन्तर्गतकै कम्पनी अग्नि हायर पर्चेजमार्फत सहज वित्तीय सुविधाहरु उपलब्ध गराएको छ । यसअन्तर्गत ७०% सम्म फाइनान्सिङ (सर्तहरू लागू), एक दिनमै छिटो कर्जा निर्णय, ९.९९% को प्रतिस्पर्धात्मक ब्याजदर (२०८२ असार महिनाको अन्त्यअघि खरिद वा बुकिङ गर्नेहरुको लागि), शून्य प्रोसेसिङ शुल्क तथा सहज कागजात प्रक्रिया आदिको लाभ लिई सजिलै पिक-अप खरिद गर्न सकिनेछ ।

वित्तीय सुविधामा स्वरोजगार (सेल्फ-इम्प्लोयड) नेपालीहरूलाई विशेष प्राथमिकता दिइने बताइएको छ। त्यसैगरी, अग्नि ग्रुप अन्तर्गतको कम्पनी अग्नि आस्था प्रा.लि.मार्फत ग्राहकले उत्कृष्ट मूल्याङ्कनसहित र झञ्झटमुक्त प्रक्रियामा आफ्नो पुरानो गाडीसँग नयाँ महिन्द्रा बोलेरो पिक-अप  एक्सचेन्ज गर्न सक्नेछन् ।

महिन्द्रा बोलेरो पिकअप, व्यावसायिक सवारीअन्तर्गत नेपाल बेस्ट-सेलिङ पिक-अप (नम्बर एक पिक-अप) को रूपमा स्थापित छ । वर्षोंदेखि नेपाली ग्राहकहरूको विश्वास जित्न सफल, अग्निरले, अधिक भार क्षमता, बलियो गुणस्तर, र लागतप्रभावी रहेको नयाँ  भेरियन्ट सार्वजनिक गर्दै व्यावसायिक सवारीको क्षेत्रमा नयाँ मापदण्ड तय गरेको छ ।

अग्नि ग्रुपले आफ्नो व्यवसायमा अझ धेरै भार क्षमता भएको पिक-अप गाडी खरिद गर्न इच्छुक सम्पूर्ण महानुभावहरूलाई नजिकको महिन्द्राको सोरुममा गई नयाँ बोलेरो पिक-अप 1.71 को बारेमा थप जानकारी लिन तथा प्रत्यक्ष अनुभव गर्न आह्वान गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka