






सुनसरी । सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट भन्सार छली गरी ल्याइएका अवैध सामग्रीहरू प्रहरीले बरामद गरेको छ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत परिचालनमा रहेको प्रहरी टोलीले असोज २५ गते चेकजाँचको क्रममा तीन स्थानबाट भन्सार छलीका सामग्रीहरू बरामद गरेको हो।
गढी गाउँपालिका–२ स्थित क्षेत्रबाट को.१ ह ८१७० नम्बरको अटो टेम्पोमा झन्डै ५ लाख रुपैयाँ बराबरका ५०० थान कुर्ता सुरुवाल भन्सार छली गरी ल्याइएको फेला परेको छ।
यस्तै, देवानगञ्ज गाउँपालिका–४ बाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरका ९०० थान कुर्ता सुरुवाल बरामद गरिएको छ।
त्यसैगरी, कोशी गाउँपालिका–७ बाट करिब ६३ हजार २८० रुपैयाँ बराबरका खाद्यान्न सामग्रीहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
संबन्धित सबै अवैध सामग्री आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।