Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा पहिरो, नेप्से सूचक राताम्मे

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र १५, २०८२  | साँझ ४:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । बालेन शाह नेतृत्वको सरकारलाई भव्य स्वागत गर्ने आम अपेक्षाविपरीत सेयर बजारले साताको पहिलो कारोबार दिन आइतबार सबैलाई चक्मा दिंदै पहिरोको बाटो रोजेको छ ।

आज सेयर बजार मापन गर्ने परिसूचक-इण्डेक्स) नेप्से ७१ अंकले घटेर २८७९.११ को विन्दूमा सीमित हुन पुगेको छ ।
पर्याप्त र गम्भीर कारणबिना नै आजको बजार घटेको देखिन्छ ।

बिज्ञापन

आज सर्वाधिक कमाउने कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशलते बढेर २२१४.४० रुपैयाँ पुगेको छ ।

त्यस्तै, सुपर खुदी हाइड्रो, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, भुजुङ्ग हाइड्रो र होटल फरेस्ट इनको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज नेप्सेमा सूचीकृत ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज नेप्सेमा रहेका सबै समूहमा रातो पोतिएको छ । सर्वाधिक घट्ने समूहमा फाइनान्स समूह रहेको छ । यो समूहले आज ३.३७ प्रतिशतको पहिरो व्यहोर्यो ।

त्यस्तै, बैंकिङ समूहको २.७८ प्रतिशत, विकास बैंक समूहको २.८६ प्रतिशत, होटल तथा पर्यटन समूहको २.२३ प्रतिशत, हाइड्रो समूहको २.२१ प्रतिशत, लगानी समूहको २.९८ प्रतिशत, जीवन बीमा समूहको २.२० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.०७ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.११ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.२८ प्रतिशत, अन्य समूहको २.५२ प्रतिशत र व्यापार समूह २.४८ प्रतिशतले घटे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka