Premier Cables
Premier Steel

प्रदेश

सुनसरीको बराहक्षेत्रमा गोली हानेर गाजाँ तस्कर नियन्त्रणमा लिइयो, एक जना घाइते

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शनिबार, जेठ १०, २०८२  | राती ९:०५ बजे

विराटनगर । प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा शनिबार राति गोली हानेर एक गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोली चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

लागुऔषध गाँजाको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले बराहक्षेत्रमा प्रहरी छोली परिचालित थियो । गाँजाका पोका बोकेर आउँदै गरेका व्यक्तिलाई रोक्न खोज्दा भागेपछि प्रहरीले गोली हानेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बिज्ञापन

एक व्यक्तिले प्रहरीलाई खुकुरीले आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । सुरुमा २ राउण्ड हवाईफायर गरेर रोक्न खोज्दा उल्टै खुकुरीले आक्रमण गर्न खोजेपछि प्रतिरक्षाका निम्ति थप गोली चलाउनु परेको प्रहरीको दाबी छ ।

गोली लागेर घाइते भएका बराहक्षेत्र–३ का ५५ वर्षीय रामप्रसाद लिम्बूलाई नियन्त्रणमा लिइएको छ । उनलाई उपचारका लागि वीपी प्रतिष्ठान धरान पठाइएको छ ।

उनको घुँडादेखि तलको भागमा गोली लागेको बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka