Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा अवैध लत्ताकपडा बरामद, दुई जना नियन्त्रणमा

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र ०५, २०८२  | साँझ ५:५३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ३ बरगाछी क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएको लत्ताकपडा बरामद गरेको छ।

प्रहरीका अनुसार को २ ह ५७८३ नम्बरको अटो टेम्पोमा दक्षिणबाट उत्तरतर्फ ल्याइँदै गरेको अन्दाजी मूल्य रु. ४ लाख ३२ हजार बराबरको कुर्ता-सुरुवाल फेला परेको थियो। त्यस्तै, वडा नं. ९ रोडशेष क्षेत्रमा भारतबाट भन्सार छली गरी ल्याइएको अन्दाजी मूल्य रु. ७९ हजार ५०० बराबरको साडी समेत बेवारिसे अवस्थामा बरामद गरिएको छ।

बिज्ञापन

बरामद गरिएका सम्पूर्ण सामानको कुल मूल्य करिब रु. ५ लाख ११ हजार ५०० रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ भने अटो टेम्पोसहित लत्ताकपडा जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याइएको छ।

आवश्यक कारबाहीका लागि बरामद सामान तथा व्यक्तिहरूलाई भन्सार कार्यालय, रानी पठाइएको प्रहरीले जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka