काठमाडौँ। नेपाली कांग्रेसका पुर्व कार्यवहाक सभापति पुर्णबहादुर खड्काले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउन आह्वान गरेका छन्।
खड्काले आइतबार सामाजिक सञ्जालमार्फत फागुुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह्र रुखमा भोट हालेर कांग्रेसका उम्मेदवारहरूलाई विजय गराउन अनुरोध गरेका हुन ।
“आगामी बिहिबार बिहान ७ बजेदेखि सुरु हुने मतदान केन्द्रमा गई प्रतिनिधि सभाको प्रत्यक्ष र समानुुपातिक तर्फका दुवै मतपत्रमा नेपाली कांग्रेसको चुुनाव चिन्ह्र रुखमा स्वस्तिक छाप लगाई भारी बहुमतका साथ विजय गराउन आग्रह गर्दछु,” खड्काले लेखेका छन्।
उनले निर्वाचन शान्तिपुर्ण र निष्पक्ष गराउन पनि माग गरेका छन्। ‘‘यो निर्वाचनमा म उम्मेदार किन छैन, त्यसको कारण माघ ६ गतेको दिन सामाजिक सञ्जालमार्फत सवैलाई प्रष्ट पारिसकेको छु ’’खड्काले फेसबुकमा लेखेका छन ।
उसले आफू उम्मेदवार नभएपनि कांग्रेसका सबै उम्मेदवारहरूलाई जिताउन सबै नेता कार्यकर्ता पूर्णरुपमा सक्रिय हुन पनि आह्वान गरेका छन्।
