Premier Cables
Premier Steel

खेलकुद

न्युजिल्याण्ड र दक्षिण अफ्रिका सुपर ८ मा, तीन टोली घर फर्किए

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, फाल्गुण ०५, २०८२  | साँझ ५:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मुम्बई । टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को रोमाञ्चक प्रतिस्पर्धामा क्यानडाका १९ वर्षीय ब्याटर युवराज सिंह सामराले ऐतिहासिक शतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन भने सकेनन्। न्युजिल्यान्डसँगको हारसँगै क्यानडासहित तीन टोली आजै विश्वकपको अघिल्लो चरणको दौडबाट बाहिरिएका छन्।

न्युजिल्यान्डविरुद्धको खेलमा सामराले कीर्तिमानी शतक प्रहार गर्दै पुरुष टी–२० विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट राष्ट्रका खेलाडी बन्ने गौरव हासिल गरे। भारतीय क्रिकेट लिजेन्ड युवराज सिंहबाट प्रेरित यी युवा खेलाडीले न्युजिल्यान्डका विश्वस्तरीय बलरहरूलाई चारैतिर प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।

बिज्ञापन

सामराको सानदार ब्याटिङका बाबजुद न्युजिल्यान्डले अनुभवी र सन्तुलित खेल प्रस्तुत गर्दै क्यानडालाई पराजित गर्‍यो। यो जितसँगै न्युजिल्यान्डले महत्वपूर्ण दुई अंक जोड्दै सुपर–८ मा स्थान सुरक्षित गर्‍यो। यसअघि यही समूहबाट दक्षिण अफ्रिका पनि सुपर–८ मा पुगिसकेको थियो।

खेलको नतिजासँगै क्यानडाको विश्वकप यात्रा औपचारिक रूपमा समाप्त भएको छ। क्यानडासँगै समूहका अफगानिस्तान र युएई पनि प्रतियोगिताबाट बाहिरिएका छन्। समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर–८ मा प्रवेश गर्दा क्यानडा, अफगानिस्तान र युएईको यात्रा टुंगिएको हो।

युवराजको ११० रनको उत्कृष्ट योगदानमा क्यानडाले १७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर न्युजिल्यान्डले उक्त लक्ष्य १५.१ ओभरमै दुई विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि ग्लेन फिलिप्सले ३६ बलमा अविजित ७६ रन बनाए।

सामराको परिवारको क्रिकेटसँग गहिरो सम्बन्ध छ। उनका पिता बलजित सामराले भारतीय स्टार युवराज सिंहको नामबाट उनको नामकरण गरेका हुन्। मुम्बई इन्डियन्सबाट आईपीएल खेल्ने सपना देखेका सामराले यसअघि बहामासविरुद्ध १५ बलमै अर्धशतक प्रहार गर्दै चर्चा कमाइसकेका थिए।

हारका बाबजुद युवराज सिंह सामराको यो इनिङ्सलाई टी–२० विश्वकप इतिहासकै उत्कृष्ट मध्येको एकका रूपमा हेरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka