Premier Cables
Premier Steel

विराटनगर

कटहरीको हुलाकी सडकमा स्थानीयको अवरोध, ठेकेदारलाई कार्वाही गर्न माग

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar बिहिबार, जेठ ०८, २०८२  | अपराह्न १२:०५ बजे

विराटनगर । ठेकेदारले समयमै काम नसक्दा धुलो र हिलोबाट आजित भएका मोरङको कटहरीका स्थानीयले हुलाकी मार्गमा यातायात संचालनमा रोक लगाएका छन् ।

उनीहरुले बिहीबार बिहानैदेखि जामुनगाछी खण्डमा सडकमा बाँस तेस्र्याएर यातायात संचालनमा अवरोध गरेका हुन् । विगत लामो सयमदेखि विराटनगरको हाटखोलादेखि पूर्व नयाँ बाजारसम्म सडकको काम अत्यन्तै सुस्त छ । दुबैतर्फ नाला बनेपनि र सडक सम्याउने काम नहुँदा सवारी संचालनमा समस्या हुँदै आएको छ ।

बिज्ञापन

हिउँदमा धुलो र बर्खामा हिलोका कारण आउजाउमा समस्या हुनुका साथै सवारी दुर्घटना समेत बढेको स्थानीय नगेन्द्र सिंहले बताए । उनले भने,“रंगेलीतर्फको काम धेरै अघि पूरा भइसक्दा त्यस पश्चिम कामलाई गति दिइएको छैन । रामचौक सम्म त हिड्न नै समस्या छ ।”

हुलाकी सडकको कामलाई गति दिन माग गर्दै यसअघि कटहरी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि रिले धनर्मामा समेत बसेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka