Premier Cables
Premier Steel

राष्ट्रिय

ल्याण्ड हुन नसकेपछि श्रीएयरको जहाज काठमाडौ डाइर्भट

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, फाल्गुण ०५, २०८२  | बिहान ११:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं।धनगढी उडानमा रहेको श्री एयरलाइन्सको विमान गन्तव्यमा अवतरण हुन नसकेपछि मध्यरातमा पुनः काठमाडौं फर्किएको छ।

धनगढी विमानस्थलमा अवतरणका लागि पटक–पटक प्रयास गरिए पनि सम्भव नभएपछि विमान राति करिब १२ बजे काठमाडौं अवतरण गरिएको हो। उक्त उडान साँझ ९:४५ बजे काठमाडौंबाट धनगढीतर्फ प्रस्थान गरेको थियो।

बिज्ञापन

विमान फर्किएपछि यात्रुहरू केही समय अलपत्र परेका थिए। सो उडानमा रहेका सञ्चारकर्मी रोयल आचार्यका अनुसार काठमाडौं फर्किएपछि विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएका थिए।

एयरलाइन्सका कर्मचारी सागर पौडेलले धनगढी जान नचाहने यात्रुलाई टिकट रकम फिर्ता गरिने र यात्रा गर्न चाहनेहरूलाई मंगलबार बिहानको उडानमार्फत धनगढी पठाइने जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka