Premier Cables
Premier Steel

अर्थ

विराटचोकको नेपालीरिका होटलले ५० करोडको आईपीओ निष्काशन गर्ने

Calendar शुक्रबार, फाल्गुण ०१, २०८२  | अपराह्न १:३८ बजे

विराटनगर । मोरङको सुन्दरहरैँचा ९ विराटचोकमा अवस्थित नेपालीरिका होटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

सर्वसाधारणका लागि होटलले आईपिओ जारी गर्ने तय भएको छ । यसको अंकित मूल्य रु १०० हुनेछ । कूल ५० लाख कित्ताले हुन आउने रु. ५० करोड बराबरको साधारण शेयर निष्काशन हुनेछ । निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराईज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

उक्त शेयर निष्काशनका लागि नेपालीरिका होटल लिमिटेडको तर्फवाट अध्यक्ष भोलेश्वर दुलाल तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बवजय लाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka