Premier Cables
Premier Steel

समाचार

बारम्बार निर्वाचन आचारसंहिता उलंघन गर्दै मोरङ ५ का कांग्रेस उमेदवार फुलकुमार लालवानी

Calendar बुधबार, माघ २८, २०८२  | राती ९:४७ बजे

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको एक घरमा फागुन २८ गते आगलागी भयो ।

आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री जलेर नष्ट भयो । आगलागीबाट पीडित परिवारलाई नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर-५ का प्रतिनिधिसभा उम्मेदवार फूलकुमार लालवानी तथा पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले घटनास्थलमै पुगेर राहत सामग्री प्रदान गरेका छन्।

निर्वाचनका बेला यसरी राहत वितरण गरिएको विषयलाई सामाजिक सञ्जालमा समेत भिडियो राखेर कांग्रेस मोरङ ५ का उमेदवार फुलकुमार लालवानीले भिडियो सार्वजनिक गरेका छन् । उनले भर्खरै थाहा पाएर केही राहत लिएर आएको र थप राहत दिने भन्दै आश्वासन दिएको भिडियोमा सुनिन्छ ।

चुनाव आचारसंहिता लागेको बेला यसरी मतदातालाई समेत प्रभावित गर्ने गरी राहत दिइनु कानुन विपरीत भएको भन्दै अन्य दलले विरोध गरेका छन् । भिडियोमा लालवानीले तत्काल लागि त्यो राहत वितरण गरिएको बताएका छन् ।यसअघि पनि लालवानीको पक्षमा जहदा गाउँपालिकाका अध्यक्ष तथा अन्य पदाधिकारी चुनावी प्रचारमा गएको विषयमा विरोध भएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka