Premier Cables
Premier Steel

अपराध समाचार

काठमाडौमा बस अनियन्त्रित हुँदा आठ वटा सवारी साधन ठोक्किए

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ ०७, २०८२  | अपराह्न ३:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौंको गौशालामा अनियन्त्रित भएको बसले अरु आठ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।

बुधबार दिउँसो गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बस अनियन्त्रित भएपछि आठ वटा सवारी एक आपसमा ठोक्किएका थिए ।

बिज्ञापन

बसले अनियन्त्रित भएपछि हायस, कार, मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताएका छन् ।दुर्घटनामा परेका घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्र(२(०१(००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ को शैलेन्द्र राई घाइते भएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka