Premier Cables
Premier Steel

विराटनगर

मोरङमा निर्वाचन प्रहरी छनौट सुरु, संख्या ४ हजार ३८३ जना

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | अपराह्न ३:१३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङमा निर्वाचन प्रहरी छनौट प्रक्रिया सुरु भएको छ।

सोमबार बिहान ७ बजेबाट जिल्ला प्रहरी कार्यालय मोरङको बाहिरको मैदानमा आवेदन दिने उम्मेदवारहरूको प्रारम्भिक छनौट सुरु भएको हो।

मोरङका लागि ४,३८३ जना निर्वाचन प्रहरी कोटा निर्धारण गरिएको छ। बढ्दो भिडभाड व्यवस्थापन गर्न प्रहरीले छनौट प्रक्रिया दुई सिफ्टमा विभाजन गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिनन्दन चौधरी का अनुसार, पहिलो दिन दर्ता नम्बर १ देखि १६५० का आवेदकहरूको परीक्षा लिइँदैछ। बिहानको सिफ्ट (७–११ बजे) मा दर्ता नम्बर १–७५० का आवेदक सहभागी भएका छन् भने दिउँसोको सिफ्ट (१२–५ बजे) मा दर्ता नम्बर ७५१–१६५० का आवेदक छनोटमा सहभागी छन्।

पहिलो दिनको परीक्षा सम्पन्न भएपछि बाँकी रहेका आवेदकहरूलाई क्रमशः दर्ता नम्बर अनुसार आगामी दिनहरूमा छनोट प्रक्रियामा सामेल गरिने मोरङ प्रहरीले जनाएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka