काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
महाराजगञ्जस्थित देउवा निवासमा भएको भेटमा उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी थिए।
बिज्ञापन
कांग्रेस महामन्त्री गुरुराज घिमिरेले सभापति र निवर्तमान सभापतिबीच शिष्टाचार भेट भएको पुष्टि गरेका छन्। “उहाँहरूबीच शिष्टाचार भेटवार्ता भएको हो। सभापतिले निवर्तमान सभापतिलाई भेट्नु सामान्य प्रक्रिया हो। भेटमा पार्टी सुदृढीकरणका विषयमा छलफल भयो,” उनले बताए।
स्रोतका अनुसार भेटमा पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानबारे पनि छलफल भएको थियो। नवनिर्वाचित सभापति थापाले पार्टीभित्रको विवाद मिलाएर फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि अनुकूल वातावरण बनाउन देउवालाई आग्रह गरेको स्रोतले जनाएको छ।