Premier Cables
Premier Steel

अपराध

ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित ५ जना पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar सोमबार, जेठ ०५, २०८२  | बिहान १०:११ बजे

सिरहाबाट लागुऔषध र स्रोत नखुलेको रकमसहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ परेका छन् ।लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा स्थानीय २६ वर्षीया किरणकुमारी यादव र उनका दाइ ३२ वर्षीय दिनेशकुमार यादव छन् ।

दुवैजनाको साथबाट ५५ लाख रुपैपाँ र २०० ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।गत शुक्रबार साँझ ७ बजेको को५प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा हिंडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरूका साथबाट २२.९० ग्राम ब्राउन सुगर र ५१ हजार ४५० रुपैयाँ बरामद गरेको थियो । त्यस क्रममा पक्राउ गरी केरकार गरेर उनीहरुको घर खानतलासी गर्दा थप १८० ग्राम ब्राउन सुगर, ५४ लाख १४ हजार २८५ नेपाली र ३५ हजार ७८० भारतीय रुपैयाँ बरामद भएको डिएसपी पासवानले बताए ।

बिज्ञापन

साथै एक थान डिजिटल तराजु र ६ थान मोबाइल बरामद समेत बरामद भएको छ । दुवैजना लागुऔषध कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।दिनेश यसअघि यसअघि ३ साउन २०८० मा ३।६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेर ६ महिना जेल सजाय भुक्तान गरी ५ माघ २०८० मा छुटेका थिए ।

यस्तै प्रहरीले सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारकलाई स्रोत नखुलेको १६ लाख ३८ हजार ३७० रुपैयाँसहित पक्राउ गरेको छ । हुण्डीकारोबारी रहेको विशेष सूचनाको आधारमा शनिबार दिउँसो सिरहा-२ स्थित महावीर चोकबाट उनलाई चेकजाँच गर्दा रकमसहित पक्राउ गरेको डिएसपी पासवानले जानकारी दिनुभयो ।

सिरहाबाटै औरही गाउँपालिका-३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई प्रहरीले ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । बरियारपट्टी गाउँपालिका–३ बाट शनिबार दुबैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka