Premier Cables

राष्ट्रिय

अविच्युरी: प्रशान्त तामाङ विश्वभरका नेपालीको मन मुटुमा बसिरहने छन्

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष २७, २०८२  | अपराह्न २:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इन्डियन आइडल सिजन–३ का विजेता तथा चर्चित गायक–अभिनेता प्रशान्त तामाङको आइतबार ४२ वर्षको उमेरमा निधन भएको छ ।

हृदयघात भएपछि नयाँ दिल्लीको द्वारकास्थित अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

विज्ञापन

तामाङ नयाँ दिल्लीमै रहँदै आएका थिए । उनको निधनको खबर परिवार तथा नजिकका आफन्तबाट प्राप्त भएको फिल्म निर्देशक राजेश घटानीले बताएका छन् ।

गायक प्रमोद खरेलले समेत सामाजिक सञ्जाल फेसबुकमार्फत तामाङको निधनप्रति दुःख व्यक्त गर्दै दार्जिलिङमा रहेका कलाकार साथीहरूबाट खबर पाएको उल्लेख गरेका छन् ।

खरेलका अनुसार तामाङ केवल भारतको उत्तर–पूर्वी क्षेत्र वा नेपाली समुदायको मात्र प्रतिनिधि थिएनन्, उनी विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्ने सबैको साझा पहिचान बनेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार अरुणाचल प्रदेशमा आयोजित कार्यक्रम सम्पन्न गरी राजधानी फर्किएलगत्तै उनको निधन भएको हो ।

स्वास्थ्यमा कुनै गम्भीर समस्या नदेखिएको अवस्थामा अचानक हृदयघातका कारण उनको निधन भएको बताइएको छ । सन् १९८३ जनवरी ४ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङ सामान्य परिवारिक पृष्ठभूमिबाट राष्ट्रियस्तरको ख्याति हासिल गर्न सफल कलाकार हुन् ।

सानै उमेरमा पिता गुमाएपछि परिवारको जिम्मेवारी सम्हाल्दै उनले कोलकाता प्रहरीमा सिपाहीका रूपमा सेवा गरेका थिए । प्रहरी ब्यान्ड (अर्केस्ट्रा) मा गीत गाउने क्रममा उनको संगीत यात्रा अघि बढेको थियो ।

सन् २००७ मा इन्डियन आइडल सिजन–३ मा सहभागी भएसँगै उनको जीवनले नयाँ मोड लियो । अन्ततः प्रतियोगिता जित्दै उनले भारतसहित विश्वभरका करोडौं दर्शक–श्रोताको मन जितेका थिए । “आज ठूला मञ्चमा पुगेर गाउने नेपाली कलाकारहरूले रियालिटी शोमा पुग्ने साहस प्रशान्तकै कारण पाएका हुन्,” निर्देशक घटानीले भनेका छन् ।

इन्डियन आइडल जितेपछि तामाङको सफलता गोर्खा तथा नेपाली भाषी समुदायका लागि गर्वको विषय बनेको थियो । त्यसपछि उनले थुप्रै संगीत एल्बम सार्वजनिक गरे । संगीतसँगै उनले अभिनय क्षेत्रमा पनि पाइला टेके ।

उनले अभिनय गरेको नेपाली फिल्म ‘गोर्खा पल्टन’ दर्शकमाझ अत्यन्त रुचाइएको थियो ।

पछिल्लो समय उनले भारतीय वेब सिरिज ‘पाताल लोक’ सिजन–२ र सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ मा समेत अभिनय गरेका थिए । निर्देशक घटानीका अनुसार हालसालै भेट्दा तामाङले सलमानको फिल्ममा राम्रो काम गरेकोमा खुशी व्यक्त गरेका थिए ।

गीत–संगीतमार्फत उनले विश्वभर रहेका नेपालीहरूलाई एकआपसमा जोड्ने काम गरे ।

‘ब्याटल अफ गलवान’ मा सँगै काम गरेका अभिनेता अनुप बिक्रम शाहीले तामाङलाई कुशल गायकसँगै सक्षम अभिनेता र मिलनसार व्यक्तित्वका रूपमा सम्झिएका छन् । “४–५ दिन सेटमा सँगै काम गर्दा उहाँ निकै आत्मीय र सकारात्मक व्यक्तित्व लाग्नुभएको थियो ।

केही महिनाअघि मात्र भेट भएको थियो, यो खबर विश्वास गर्न गाह्रो भइरहेको छ,” शाहीले भने ।

स्वर्गीय तामाङका श्रीमती र एक छोरी रहेका छन् । उनी दिल्लीको जनकपुरी क्षेत्रमा बसोबास गर्दै आएका थिए । स्रोतका अनुसार सबैभन्दा पहिले उनकी सासूले निधनको खबर थाहा पाई इन्डियन आइडलका सहकर्मी अमित पललाई जानकारी गराएकी थिइन् ।

त्यसपछि पलले इन्स्टाग्राममार्फत खबर सार्वजनिक गरेसँगै तामाङको निधनको समाचार बाहिर आएको हो ।

स्वर्गीय प्रशान्त तामाङप्रति संगीत, कला र नेपाली भाषी समुदायले गहिरो शोक व्यक्त गरेका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka