२०८२ जेठ ०४, आइतबार
Premier Cables

अपराध

रसुवामा ठूलो परिमाणमा सुन बरामद

Hamro Biratnagar Calendar आइतबार, जेठ ०४, २०८२  | 5:52 PM

रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको प्रहरी स्रोतले जनाएको छ ।

बिज्ञापन

सुन जोख्ने काम भइरहेको बताइएको छ । रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले पनि सुन बरामद भएको जानकारी दिनुभएको छ । तर, परिमाणबारे खुलाउनुभएन ।

बिज्ञापन

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।

विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ ।नेपालबाट तस्करी हुने सुनमध्ये अधिकांश भारततर्फ जाने गरेको छ ।

*** समाप्त ***
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर