Premier Cables
Premier Steel

विराटनगर

महानगरद्वारा खसीबाख्रा र सुँगुर-बँगुरलाई निःशुल्क खोप

Calendar शुक्रबार, पुष ११, २०८२  | अपराह्न ३:१३ बजे

विराटनगर । विराटनगर महानगरपालिकाले पीपीआर-स्वाइन फिभरविरुद्धको निःशुल्क खोप शुभारम्भ गरेको छ ।

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा शुक्रबारदेखि खसी, बाख्रा र सुँगुर–बँगुरमा लाग्ने पीपीआर÷स्वाइन फिभर विरुद्धको निःशुल्क खोप शुभारम्भ गरिएको हो ।

बिज्ञापन

विराटनगर–४ इक्राहीस्थित पूजा कृषि फर्मबाट खोप अभियान सुरु गरिएको शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको प्रमुख आतिथ्यता तथा वडा नम्बर ४ का अध्यक्ष जितन थापाको अध्यक्षतामा खोप अभियानको शुभारम्भ गरिएकाो थियो ।

महानगरभित्रका सबै वडामा कृषकले पालेका २४ हजार १ सय खसी–बाख्रालाई पीपीआर खोप लगाइनेछ । त्यस्तै सुँगुर–बँगुरलाई १ हजार १ सय डोज खोप लगाइने शाखाका संयोजक यादवले जानकारी दिए ।

महानगरका सबै वडामा खोप अभियान सञ्चालन गरिनेछ । खोप लगाइसकेपछि पीपीआर÷स्वाइन फिभरबाट हुने मृत्युको जोखिम कम हुने यादवले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka