Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा नेपालकै पहिलो बार्को फोरके लेजर प्रोजेक्टर स्थापना

Calendar शुक्रबार, पुष ११, २०८२  | अपराह्न १:०२ बजे

विराटनगर ।‌ सिटी सिनेमा प्रा.लि.ले विराटनगरमा अत्याधुनिक BARCO 4K लेजर प्रोजेक्टर सफलतापूर्वक स्थापना गरेको छ।

यो प्रोजेक्टर नेपालभरिमा स्थापना भएको पहिलो र एकमात्र हो, जसले देशको सिनेमा उद्योगमा नयाँ मापदण्ड र आयामको सुरुवात गरेको दाबी गरिएको छ।

बिज्ञापन

झन्डै दुई करोड रुपैयाँ लागतमा जडान गरिएको यस प्रविधिले दर्शकहरूलाई उच्च रिजोल्युसन, उज्यालोपन, गहिरो कन्ट्रास्ट र जीवन्त रंगहरू सहित विश्वस्तरीय दृश्य अनुभव प्रदान गर्नेछ।

सिटी सिनेमा परिवारले यस पहलले दर्शकको अनुभवलाई अझ उकास्ने र नेपाली सिनेमा तथा मनोरञ्जन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुऱ्याउने विश्वास लिएको छ।

सिटी सिनेमा प्रा.लि.ले सम्पूर्ण चलचित्र प्रेमीहरूलाई यो विश्वस्तरीय भिजुअल अनुभव लिन आमन्त्रण गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka