Premier Cables
Premier Steel

विराटनगर

सामूहिक आत्मीयताका लागि वनभोज संस्कृति, ३४ जना निवृत्त कर्मचारीलाई सम्मान

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष १०, २०८२  | राती ८:१७ बजे
Hamro Biratnagar Headlines

​विराटनगर । लामाे समयसम्म सरकारी सेवामा रहेका ३४ जना निवृत्त कर्मचारीलाई सम्मान गरिएको छ ।

नेपाल निजामती कर्मचारी संगठन मोरङ, राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र राष्ट्र सेवक ज्येष्ठ नागरिक समाजको संयुक्त आयोजनामा विराटनगरमा आयाेजित रमाइलो वनभोज तथा सम्मान कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हाे । लामो समयसम्म राष्ट्र सेवामा समर्पित रही अनिवार्य अवकाश प्राप्त गरेका ति कर्मचारीहरूलाई सम्मान गरिएको अध्यक्ष शालिकराम काेइरालाले जानकारी दिए।

बिज्ञापन

​कार्यक्रममा बोल्दै संगठनका पूर्व महासचिव एवं सहकारीका अध्यक्ष जीवन काफ्लेले ट्रेड युनियनलाई संगठित बनाउन र सदस्यहरूबीच चिनजानका साथै भावनात्मक एकता कायम गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

संगठनले २०६० सालदेखि सुरु गरेको वनभोज संस्कृतिको निरन्तरता स्वरूप आत्मीयता अभिवृद्धिका लागि यस्ता कार्यक्रम हुँदै आएको बताए ।

​सो अवसरमा ओमराज सुवेदी, मुरारी घिमिरे, जीवन काफ्ले, विनोद कुमार न्यौपाने, बसन्त घिमिरे, राधा नेपाल, शरण गजमेर, जय काफ्ले, राजन भण्डारी, नन्दकिशोर काफ्ले, कृष्ण मिलन कार्की, तारा शर्मा खत्री, लिलादेवी शिवाकोटी, टेकनाथ घिमिरे, बलराम तिम्सिना, योगेन्द्र पौडेल र द्रोण प्रसाद पोखरेल सम्मानित भए ।

त्यसैगरी कृष्ण प्रसाद भट्टराई, सीताराम उपाध्याय, शुशीला श्रेष्ठ, खड्ग बस्नेत, राजेन्द्र प्रसाद श्रेष्ठ, राजेन्द्र घिमिरे, मात्रिका नेपाल, केसव अर्याल, पुलराज पुरी, बलराम गौतम, फणिन्द्र खत्री, चेतनाथ न्यौपाने, राम प्रसाद चापागाईँ, किशोर कार्की, खगेश्वर काफ्ले, डिल्ली धिमाल र पशुराम चालिसेलाई पनि उनीहरूकाे राष्ट्र सेवाको कदर गर्दै सम्मान गरिएको छ।

​सम्मानित व्यक्तित्वहरूको तर्फबाट मुरारी घिमिरेले मन्तव्य राखेका थिए उक्त कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष युवाचन्द्र घिमिरे, केन्द्रीय सदस्य काशी पराजुली, प्रदेश अध्यक्ष हरि सुवेदी लगायतले निवृत्त कर्मचारीहरूको सम्मान गर्दै सामूहिक आत्मीयताको विकास नै संगठनको मुख्य उद्देश्य रहेको बताए ।

संगठन भनेको सामुहिकताकाे आधार भएकोले एक्लैले भन्दा मिलेर गर्दा धेरै उपलब्धि हासिल गर्न सकिने उनीहरूकाे भनाइ थियाे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka