विराटनगर । विराटनगर महेन्द्र चोकस्थित आरोग्य फिजियोथेरापी क्लिनिक दोस्रो वर्षमा प्रवेश गरेको छ । क्लिनिकले आफ्नो वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।
सिटिजन्स बैंक छेउमा कोशी राजमार्गसँगै रहेको क्लिनिकले पहिलो वर्ष ५ हजार बिरामीलाई सेवा दिन सफल भएको छ ।
क्लिनिकमा बिना हानी नोक्सानी, घुंडा- कम्मर दुख्ने, नशा च्यापिएको, प्यारालाइसिस, बाथरोग, हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, ब्रेन र स्पाइनल इन्जुरी पछि फिजियो थेरापी, स्पोर्टस् इन्जुरी निदान सम्बन्धी र हाड खिइएको समस्या समाधान सम्बन्धी सेवाहरू उपलब्ध रहेको बताइएको छ ।
क्लिनिकका संचालक डा. गोबिन्द कुमार झाले बताए अनुसार क्लिनिकमा बिना साइड इफेक्ट उपचार गराइंदै आएको छ।
चिकित्सक झासंग यस उपचार सेवा सम्बन्धी १२ वर्षको अनुभव रहेको छ । उनले यो अवधिमा ३५ हजार भन्दा धेरै बिरामीहरुको सफल उपचार गरिसकेका छन् ।


