Premier Cables
Premier Steel

खेलकुद

पुलिस पनि अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

Calendar शुक्रबार, मंसिर १९, २०८२  | अपराह्न ३:५७ बजे

बिर्तामोड । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ ।

बिज्ञापन

पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा कोशीलाई स्तब्ध पारेको थियो । आजको हारसँगै कोशी प्रतियोगिताबाट बाहिरिएको छ । कोशीले समूह चरणका दुवै खेलमा पराजय भोगेको थियो ।

खेलको प्लेयर अफ द म्याच पुलिसकी आशिका क्षेत्री भइन् । उनलाई नगद सौजन्यकर्ता व्यवसायी गजेन्द्र साउदेनलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।


भोलि दुई सेमिफाइनल

प्रतियोगितामा भोलि दुईवटै सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफ र समूह ‘बि’ को उपविजेता न्यु डायमन्डबीच हुनेछ । त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा समूह ‘बि’ को विजेता पुलिस र समूह ‘ए’ उपविजेता आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेस्ट र त्रिभुवन आर्मी छन् । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।
अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए ।

झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka