Premier Cables
Premier Steel

अर्थ

सप्तकोशी सिमेन्टले आईपिओ निकाल्दै

Calendar शुक्रबार, मंसिर १२, २०८२  | बिहान ११:४४ बजे

काठमाडौं । “पूर्वको गौरव” भनी चिनिने “सप्तकोशी सिमेन्ट” को उत्पादक कम्पनी सप्तकोशी सिमेन्ट लिमिटेडले प्राथमिक शेयर (आईपिओ) निष्कासन गर्ने तयारी गरेको छ । यसका लागी कम्पनीले सिद्धार्थक्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ ।

कम्पनीले रु. १०० (एकसय) दरका जारी पुँजीको २०% शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

बिज्ञापन

यस सम्बन्धमा मिति २०८२ मंसिर १० गते काठमाडौं त्रिपुरेश्वर स्थित सप्तकोशी सिमेन्ट लि. को कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा सप्तकोशी सिमेन्ट लि. का तर्फबाट अध्यक्ष श्रीमती मोना जालान तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गर्नु भएको छ । सप्तकोशी सिमेन्ट लिमिटेड एक उच्च स्तरिय सिमेन्ट उत्पादक कम्पनी हो जसको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ । कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पिपिसी तथा ४३ र ५३
ग्रेडको ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

नेपालको सिमेन्ट बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एच. आर. गोयल समूहद्वारा प्रवर्धित यस कम्पनीले सन् २०१९ मा व्यवशायिक उत्पादन सुरु गरेदेखि हालसम्म निरन्तर संचालन नाफा कायम राख्न सफल रहेको छ । पूर्वी नेपालमा करिब २०% बजार हिस्सा ओगटेको यस कम्पनीले अन्य क्षेत्रिय प्रतिस्पर्धीहरु माझ निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

बिभिन्न समसामयिक चूनौतीहरू संग मुकाबला गर्दै आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले गत वर्षको तुलनामा २७% बढी बिक्री लक्ष्य हासिल गर्न सफल भएको छ । साथै आ.व. २०८१/८२ को मुनाफाबाट कम्पनीले १२% बोनस शेयर समेत जारी गरेको छ । प्रस्तावित आईपिओ बाट उठ्ने पूँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापना गर्न तथा हाल संचालनमा रहेको प्लान्टको क्षमता विस्तार गर्न प्रयोग गरिनेछ ।

यसले उत्पादन प्रकृयामा एकीकृतता ल्याई कम्पनीको प्रतिस्पर्धात्मक क्षमता, वित्तीय प्रदर्शन र दीर्घकालीन वृद्धिलाई थप बलियो बनाउने छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka