Premier Cables
Premier Steel

अर्थ

नेपाल-बेलायत वाणिज्य तथा उद्योग संघको अध्यक्षमा डा. रोशन राठी चयन

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ११, २०८२  | बिहान १०:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाल–बेलायत वाणिज्य तथा उद्योग संघ (एनबीसीसीआई)ले काठमाडौँमा आफ्नो विशेष साधारणसभा सम्पन्न गर्दै आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति घोषणा गरेको छ। संघका अनुसार कार्यक्रममा नेपालका निजी क्षेत्र, बैंकिङ, विकास तथा व्यापार क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकको अध्यक्षता निर्वतमान अध्यक्ष राजेन्द्र के. खेतानले गरेका थिए। उनले बेलायतको व्यवसाय तथा व्यापार विभागले नेपालमा पुनः सक्रिय भूमिका खेल्न थालेसँगै दुई देशबीच व्यापार तथा लगानीका अवसर थप विस्तार भएको बताए। उनले द्विपक्षीय आर्थिक सहकार्यलाई अझ प्रभावकारी बनाउन एनबीसीसीआईको भूमिका महत्त्वपूर्ण हुँदै गएको उल्लेख गरे।

बिज्ञापन

कार्यक्रमको एक महत्वपूर्ण हिस्सामा खेतानलाई उनको नेतृत्व, योगदान र संघलाई उचाइमा पुर्‍याउने भूमिकाको कदर गर्दै ‘अध्यक्ष एमेरिटस’ उपाधि प्रदान गरिएको थियो। महासभाले उनको समर्पित सेवाप्रति कृतज्ञता प्रकट गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सर्वसम्मत रूपमा पारित नयाँ कार्यसमिति

अध्यक्ष: डा. रोशन राठी (LCCI Global Qualifications Pvt. Ltd)

उपाध्यक्ष: पियुष राज अर्याल (लक्ष्मी सनराइज बैंक लिमिटेड)

कोषाध्यक्ष: विद्यावारीधी सिग्देल (Dolma Impact Fund)

महासचिव: सरद बञ्जारा (Genese Solutions)

उप–महासचिव: गोविन्द शाही (Unilever Nepal Ltd)

सदस्यहरू

यमी कार्की (Standard Chartered Bank Nepal Ltd)

शिव प्रकाश खे्म्का (Mahavir Shree International)

निलु बस्न्यात (DAI Global)

निर्वतमान अध्यक्ष (एक्स–अफिसियो): राजेन्द्र के. खेतान (Laxmi Corp)

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka