Premier Cables
Premier Steel

समाचार

रंगेलीमा १० दिने मनो–सामाजिक तथा मनोविमर्श तालिम सम्पन्न

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३१, २०८२  | राती १०:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रंगेली । मोरङको रंगेलीमा १० दिने मनो–सामाजिक तथा मनोविमर्श तालिम सम्पन्न भएको छ । रङ्गेली नगरपालिका–३, रञ्जनीस्थित स्वास्थ्य चौकीमा १० दिने मनो–सामाजिक तथा मनोविमर्श तालिम सम्पन्न भएको हो ।

वैशाख २१ गतेदेखि सुरु भएको उक्त तालिम बुधबारका सम्पन्न भएको हो । रङ्गेली नगरपालिकाको न्यायिक समितिको आयोजनामा सम्पन्न तालिममा नगरपालिकाभित्रका ९ वटै वडाबाट २५ जनाको सहभागीता रहेको थियो ।

बिज्ञापन

आत्मबल अभिवृद्धि, आत्मरक्षा, मानसिक स्वास्थ्य समस्याको पहिचान तथा समाधानमा सहयोग पु¥याउने उद्देश्य रहेको सो तालिम प्रभावकारी रहेको सहभागीहरुले बताएका छन् ।

रंगेली–३ का वडाध्यक्ष भरत प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा रंगेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुली प्रमुख अतिथी रहेकी थिइन् । तालिममा साझा सवाल मञ्चकी संयोजक मन्जिता उपाध्यायले प्रशिक्षण दिएकी थिइन् ।

तालिममा सहभागीहरूले मानसिक स्वास्थ्यका विविध पक्षहरू, जस्तै—मनोबिमर्शमा गोपनीयता, बोल्ने शैली, हाउभाउ, ड्रेस अप शैलीलगायतका विषयमा प्रशिक्षण लिएका छन् । सहभागीहरूले आफ्नो व्यवहारमा सकारात्मक परिवर्तन आएको अनुभवसमेत सुनाए ।

वडाध्यक्ष प्रसाईले समाजमा बढ्दै गएको हिंसा, उत्पीडनजस्ता घटनाहरूको न्यूनीकरण गर्न तालिमको मुख्य उद्देश्य रहेको बताए । सो अवसरमा नगर उपप्रमुद पराजुलीले जीवन उपयोगी तालिमको रूपमा यसलाई मूल्याङ्कन गर्दै, सिकेका कुरा व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरिन्। साथै, तालिमको सकारात्मक प्रभाव देखिएमा भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने उनले बताइन् ।

तालिममा जनप्रतिनिधि, कार्यपालिका सदस्य, न्यायिक समितिका सदस्य तथा महिला स्वयंसेविका प्रशिक्षार्थीका रूपमा सहभागी थिए। अन्त्यमा नगर उपप्रमुख र वडाध्यक्षले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम समापन भएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa