Premier Cables
Premier Steel

खेलकुद

एनपीएलमा ‘म्याच फिक्सिङ’ गर्न खोज्ने भारतीय पक्रउ

Calendar बुधबार, मंसिर ०३, २०८२  | राती १०:१६ बजे

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टाबाजी र ‘म्याच फिक्सिङ’को प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक भारतीय नागरिक र भारतमा बस्दै आएकी एक नेपाली युवती छन् । पक्राउ पर्नेमा भारतको हरियाणा, पानीपत घर भएका २८ वर्षीय दिलप्रित सिंह र नेपालको बर्दिया घर भई हाल भारतको चण्डीगढ बस्ने २४ वर्षीया रेविका सिंह ठकुरी छन् ।

बिज्ञापन

प्रहरीको विशेष टोलीले उनीहरूलाई मंगलबार (मंसिर २ गते) काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनीहरूले सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्टाग्रामको प्रयोग गरी एनपीएलमा सहभागी खेलाडीहरूसँग सम्पर्क गर्थे । खेलाडीहरूलाई प्रायोजन गर्ने बहानामा नजिकिने र खेलको हारजितमा प्रभाव पार्ने गरी आर्थिक प्रलोभन देखाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka