Premier Cables

खेलकुद

एनपीएलमा आज दुई खेल, चितवन र कर्णालीको पहिलो प्रतिस्पर्धा

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०२, २०८२  | बिहान ९:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको दोस्रो दिन आज दुई रोमाञ्चक खेलहरू हुनेछन्। पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स एकअर्कासँग प्रतिस्पर्धा गर्दै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान ११:४५ बजेदेखि सुरु हुने यस खेलमा चितवन र कर्णाली बीचको भिडन्त निकै उत्साहजनक रहने अनुमान गरिएको छ।

विज्ञापन

गत सिजन चितवन राइनोजले तेस्रो स्थान हासिल गर्दै प्लेअफमा स्थान बनाएको थियो, तर कर्णाली याक्सले उसलाई इलिमिनेटरमा २१ रनले हराएर बाहर गरिदिएको थियो। कर्णालीले चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको थियो र लिग चरणमा पनि कर्णालीले चितवनविरुद्ध पाँच विकेटको जित निकालेको थियो।

दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन्। त्रिवि क्रिकेट रंगशालामा अपराह्न ४ बजे सुरु हुने यस खेलमा यी दुई टिमबीचको प्रतिस्पर्धा पनि रोचक हुनेछ।

पहिलो संस्करणमा विराटनगर र पोखरा दुवैले लिग चरणबाटै बाहिरिएका थिए। विराटनगरले पाँचौँ स्थान र पोखराले सातौँ स्थानमा रहँदै प्रतियोगिता समेटेका थिए। त्यतिबेला यी दुई टिम बीचको भेटमा पोखराविरुद्ध विराटनगरले सुपर ओभरमा रोमाञ्चक जित निकालेको थियो।

यसअघि, एनपीएलको उद्घाटन खेलमा काठमाण्डू गोर्खाजले पूर्व विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिता राम्रो सुरुवात गरेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka