Premier Cables

खेलकुद

काठमाण्डू गोर्खाज १३१ रनको लक्ष्य लिएर खेल्दै

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०१, २०८२  | साँझ ६:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक च्याम्पियन जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनायो।

विज्ञापन

जनकपुरका मार्की खेलाडी आसिफ सेखले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे। उनले ४१ बलमा ५४ रन जोड्दै टोलीलाई सन्तोषजनक स्कोर बनाउन मद्दत गरे। त्यस्तै, मयन यादवले ३४ र लाहिरु समाराकुनले २२ रनको योगदान दिए।

काठमाण्डूको बलिङतर्फ मिलिन्द कुमारले प्रभावकारी प्रदर्शन गर्दै तीन विकेट लिएका हुन्। करण केसी, साहब आलम र सन्तोष यादवले समान एक–एक विकेट हात पारे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka