Premier Cables
Premier Steel

अर्थ

जोगबनी-विराटनगर रेल्वे ‘बल्क कार्गो’ सहज गर्न दिल्लीमा सम्झौता

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २७, २०८२  | राती ९:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारत र नेपालबीच जोगबनी–विराटनगर रेलमार्गमार्फत सबै प्रकारका बल्क कार्गो ढुवानीको बाटो अब औपचारिक रूपमा खुलेको छ।

नयाँ दिल्लीमा बिहीबार सम्पन्न दुई देशका वाणिज्य मन्त्रीस्तरीय बैठकका क्रममा पारवहन सन्धिको प्रोटोकल संशोधनसम्बन्धी लेटर अफ एक्सचेन्ज (आदान–प्रदान पत्र)मा हस्ताक्षर गरिएको हो।

बिज्ञापन

यस आदान–प्रदान पत्रमा भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनीलकुमार सिन्हाले हस्ताक्षर गरेका हुन्।

भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, उक्त सहमतिले जोगबनी (भारत) र विराटनगर (नेपाल) बीच रेलमार्गबाट हुने सबै प्रकारका बल्क कार्गो ढुवानीलाई सहज र नियमित बनाउनेछ।

अब जोगबनी–विराटनगर रेलमार्गमा कन्टेनराइज्ड र बल्क कार्गो दुवैका लागि सिधा रेल सेवा उपलब्ध हुनेछ। यस व्यवस्थाले भारतका कोलकाता र विशाखापट्टनम बन्दरगाहबाट सिधै मोरङको विराटनगरस्थित नेपाल भन्सार यार्ड (कार्गो स्टेशन)सम्म सामान ढुवानी गर्न सहजता ल्याउने उल्लेख विज्ञप्तिमा गरिएको छ।

यो सहमति कोलकाता–जोगबनी, कोलकाता–नौतनवा (सुनौली) र विशाखापट्टनम–नौतनवा (सुनौली) पारवहन करिडोरहरूलाई समेत समेट्नेछ। यसले नेपाल–भारतबीचको बहुआयामिक व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउँदै नेपालको तेस्रो देशहरूसँगको व्यापारिक पहुँचलाई पनि विस्तार गर्ने अपेक्षा गरिएको छ।

भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको यो रेलमार्ग सन् २०२३ जुन १ मा दुवै देशका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको थियो।

बैठकमा दुवै मन्त्रीहरूले एकीकृत जाँच चौकी (आईसीपी) र सम्बन्धित पूर्वाधारको विकाससहित सीमापार कनेक्टिभिटी र व्यापार सहजीकरणका विषयमा भइरहेको प्रगतिको समीक्षा समेत गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka