Premier Cables

खेलकुद

भारतीय क्रिकेटर धवन र रैनाको सम्पत्ति जफत

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २०, २०८२  | राती ८:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले पूर्वक्रिकेटर सुरेश रैना र शिखर धवनको करिब ११.१४ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति अस्थायी रूपमा जफत गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुबै क्रिकेटर वनएक्सबेट मनी लन्ड्रिङ प्रकरणमा संलग्न रहेको आरोपमा कारबाहीमा परेका हुन्।

विज्ञापन

ईडीले रैनाको नाममा रहेको ६.६४ करोड रुपैयाँको म्युचुअल फन्ड र धवनको नाममा रहेको करिब ४.५ करोड रुपैयाँ बराबरको अचल सम्पत्ति जफत गरेको जनाएको छ।

ईडीका अनुसार दुवै खेलाडीले वनएक्सबेट अवैध गतिविधिमा संलग्न रहेको थाहा पाउँदापाउँदै पनि कम्पनीका प्रतिनिधिहरूलाई समर्थन गरेका थिए। अनुसन्धानमा करिब १ हजार करोड रुपैयाँ बराबरको मनी लन्ड्रिङ भएको खुलासा भएको छ।

समाचारमा उल्लेख भएअनुसार यस प्रकरणमा ६ हजारभन्दा बढी म्युचुअल फन्ड खाता खोलेर रकम चलाइएको थियो। ईडीले हालसम्म ४ करोड रुपैयाँभन्दा बढी रकम र ६० भन्दा बढी बैंक खाता फ्रिज गरिसकेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka